प्रदेश नं १ मा ३७२ सङ्क्रमित थपिए, १३८ डिस्चार्ज
विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा यो प्रदेशमा एक हजार २३८ जनाको पीसीआर परीक्षण गरिएकामा १४७ महिलासहित ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका १५९ मध्ये विराटनगरमा १२१, सुनसरीका ५७, झापाका ९७, सङ्खुवासभाका २७, इलामका १२, पाँचथरका चार, भोजपुरका दुई, तेह्रथुम र उदयपुरका एक÷एक तथा प्रदेश बाहिरका १२ जना रहेका छन् ।
प्रदेशमा आज डिस्चार्ज हुने होम आइसोलेशनबाट १३७ जना र मेची अस्पतालबाट एक जना मात्र छन् ।
प्रतिक्रिया
Facebook Comment