महासङ्घको निर्वाचन गर्न सर्वोच्चद्वारा बाटो खुला

डिसी नेपाल
११ मंसिर २०७७ २१:४७

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन गर्न बाटो खुला गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्वाचन रोक्न माग गर्दै दायर रिट निवेदनमाथिको सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश नं २ नम्बरका अध्यक्ष शिवशङ्कर शाहले महासङ्घको निर्वाचन अवैधानिक भएकाले निर्वाचन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए। गत चैतमा हुने अधिवेशन कोभिडका कारण सरकारले ११ गतेदेखि गरेको बन्दाबन्दीका कारण स्थगित भएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *