मेरो लेखाई र पढाउने काम बराबर जस्तो छ: सम्राट उपाध्याय
नेपाली भएर पनि अंग्रेजी भाषामा कथा संग्रह निकाल्न सफल सम्राट उपाध्याय अंग्रेजी पाठकका लागि नौलो नाम होइन । उनका अरेष्टिङ गड इन काठमाडौं, द गुरु अफ लभ, द रोयल घोष्ट, म्याड कन्ट्री, सिटी अफ सन लगायतका प’स्तक प्रकाशित छन् । पारिवारिक घ’मघामका लागि नेपाल आएका उनै साहित्यकार उपाध्यायसग सिर्जनशील लेखनका बारेमा हामीले गफ गर्यौं । अमेरिकाको इन्डियाना विश्वविद्यालयमा ‘क्रियटिभ राइटिङ’ विषयमा अध्यापन गरिरहेका उनै सम्राट उपाध्यायसँग विजय मिश्र र तर्क थापाको कुराकानी:
२१ वर्षकै उमेरमा अमेरिका पुग्नु भयो। सन २००१ मा ९ ओटा कथाको संग्रह एउटा पुस्तक निकाल्नु भयो। जसले सोही वर्ष पुरस्कार पायो। त्यसपछि एकाएक यहाँको चर्चा बढेर गयो। यहाँले लेखेका केही कथाहरुको भित्र पस्दाखेरी यौनको व्यख्या बढी भएको पाइन्छ, किन होला ?
मेरो पहिलो किताब ‘अरेष्टिङ गड इन काठमाडौं’मा अलिअलि थियो। यो एउटा प्रस्पेक्टिभ म्याटर हो। मैले हेर्दाखेरी यो बढी हैन जस्तो लाग्छ,। विश्वभरीका लेखकहरुले धेरै नै लेखेको पाइन्छ। मैले त्यसपछि लेखेका किताबहरुमा पनि यौनको धेरै व्यख्या छैन। तर, पाठकहरुले पहिलो पुस्तकबाट नै मलाई चिन्ने भएकाले यसमा बढी भएको हुनसक्छ।
अर्कोकुरा के भने, यौन भनेको हाम्रो जीवनको महत्वपूर्ण पाटो पनि हो। जीवनको महत्वपूर्ण पाटोको बारेमा साहित्यकारहरुले नलेखे कसले लेख्ने त ?
यहाँले त्यही किताबमा मात्र यौनको ब्याख्या भएको भन्नु भयो। नेपालमा पत्रकारहरुको अवस्था, राज्यले गर्ने व्यवहारका साथै पत्रकारहरुले पनि रोमान्स गरेको देखाउनु भएको छ। यहाँले लेखेका साहित्यभित्र महिलाले लगाउने वस्त्रको नाम, अन्य पनि यस्ता कुरा छन्। जसले यहाँको लेखनलाई भल्गर छ, तर कट्टु लगाएको छ भन्न मिल्छ ?
हा… हा… । त्यो त तपाईको पर्सनल इन्टरपोटेसन हो है। लेखकको तर्फबाट हेर्दा खेरी मैले त्यो इन्टरपोटसन गर्दै गर्दीन। अरु धेरैकुरामा कम्प्लेकसिटिजहरु ल्याएको हुन्छ। अब त्यो एउटा एक्पेटेक्समा मात्र फोकस ग¥यो भने हो। सम्राट उपाध्यायको लेखनमा सेक्स मात्र छ भनेपछि सेक्समात्र देखिन्छ। ‘ब्युटी इज अन द आइ अफ द बि होल्डर’ भन्या जस्तो ‘सेक्स माइट अल्सो बि इन द आइ अफ द वि होल्डर’हो। मैले नेपालको राजनीति, पत्रकारीतामा पनि कलम चलाएको छु।
म्याड कन्ट्रीमा यहाँले एउटा अमेरिकन महिलालाई ल्याएर राख्नु भयो। नेपालमा पनि संघर्षशील महिला पत्रकारहरु धेरै थिए। तर, यहाँले नेपालका महिला पत्रकारहरुले यस्तो गर्दैनन् की भन्ने आशा गरेको देखियो। अर्को कुरा, महिलाले चिया पकाएको कोठा भित्रको कथा लेख्नु भएको छ। अर्को जुन मिश्रा जि को कथा छ त्यसमा पाँचतारे होटलको कोठाको व्याख्या गर्नु भएको छ। यसमा चिया पसले महिलाले गरेको लवाइखवाईमा शंका गर्नु भएको छ। तर, पाँचतारे होटलमा जाने महिलाको त्यो व्याख्या गरिएको छैन। महिला पात्रको व्याख्या गर्ने क्रममा महिला पात्रहरुलाई अलि विभेद गरेको हो की ?
मेरो इन्टरपोटेसन त्यो होइन। राइटरको ड्युटी के हो भने जति अब्जिेक्टिभली देखाउन सक्यो त्यो त्यति देखाउने हो। मैले लेख्दा त्यस्तो देखेको भन्ने हैन। त्यहाँ शंका गर्ने मान्छे पनि पात्र छन नि । हरेक पात्रको थीङ्कीङ राइटरको थीङ्कङहो भनेर रिडरले पनि सोच्न त भएन नी। पात्रले समाजको केहीकुरा देखाउने हो। त्यो पनि पात्रको थीङ्कीङ हो। मेरो होइन।
हामीले जे कल्पना गर्छौ त्यही अभिव्यक्ति हुन्छ भनिन्छ नी ?
त्यसले राइटरको इम्यानिजेसन कति लिमिटेड पार्छ। मैले जे सोचेको हो त्यो मात्र हुने हो भने त मेरो इम्यानिजेसन त एकदमै लिमिटेड छ नी। मेरो लाइफ त एकदमै लिमिटेड छ नी। त्यो हो भने त मैले लेख्न नै सक्दिन।
गजबको कुरा गर्नु भयो । अब्जरभेसन गरेर लेखेको र कोठाभित्र कल्पना गरेर लेखेको फरक हुन्छ । यहाँले लेखेको कथाभित्र अब्जरभेसन गरेर लेखेको र कल्पना गरेर लेखेको कुनै उदाहरण दिनसक्नु हुन्छ।
मैले जति पनि जीवन नेपालमा विताएँ। मैले धेरै अब्जरभेसन गर्न पाएँ। मेरो बुवाले सानैदेखि ट्युसन पढाउनु हुन्थ्यो। मैले त्यो बेलामा जति पनि अब्जरभेसन गरेँ त्यो मैले ‘गुरु अफलभ’मा समावेस गरेको छु। मैले गरिब महिलाहरुलाई मिडल क्लास पुरुषहरुले कसरी ट्रिड गर्नछ भन्ने पनि देखेको छु। सर्भेन्ट क्लासकै महिलालाई पनि कसरी ट्रिड गर्छन। त्यो मैले अब्जरभेसन गरेँ। त्यसमाथि मैले आफ्नो इमानीजेसलाई एड गरेँ। अब्जरभेसन त राइटर भन्दा पनि जर्नालिस्टहरुले धेरै गर्ने कुरा हो।
क्रियटिभ राइटिङ गर्नेले बढी भन्दा बढी शब्दचित्रहरु प्रयोग गरेर लेख्नु पर्छ भन्ने छ। यहाँले चिया बेच्ने महिलाको कोठा भित्रको व्यख्या गर्दा कृष्णको फोटो आयो। तर, चियाको गिलास के को थियो ? त्यो फोटो आएन। अर्को तपाईले मिश्र जिको बारेमा पढ्दा पनि पहाडि मुलको मिश्र हो की मधेशी मुलको मिश्रहो भन्ने कुरा पनि छुटिएन। यस्तो पाठकहरुको मनमा प्रश्न आउने गरि लेखिएको कुराहरुमा तपाईँलाई के लाग्छ ? यसलाई के गर्नु पर्ला ?
त्यो प्रश्नहरु हुन्छ। मैले आफैले पढ्दा पनि प्रश्न भएन भने यो के राइटिङ झै लाग्छ। आइ मिन राइटिङले अलि प्रश्न त निकाल्नै पर्छ। तपाईँले पनि आफ्नो जुन सब्जेक्टीभ एक्सपेरियन्स हो त्यो पनि आफ्नो पढाइमा ल्याउनु भयो। त्यसकार तपाईँलाई चिया के मा खायो भनेर प्रश्न उठ्यो। अब अरु कुनै पाठकले कृष्णको कुन मुर्ति थियो भन्ने प्रश्न गर्छ होला। तपाईले त्यो प्रश्न गर्नु भएन। राइटरलाई हरेक पाठकले के सोचेको छ भनेर ठम्याउन त गाह्रो हुन्छ। अर्को उदाहरण दिन्छु। एकजनाले नेपालमा गाग्रीमा पानी कसैले खाँदैन भनेर भन्यो। म आफै पुगेका घरहरुमा मैले गाग्रमै पानी खाएको देखेको छु। त्यसलाई के भन्ने ?
लेखकले प्रत्येक वाक्यमा शब्दचित्र हुनुपर्छ भन्ने अपेक्षा पाठकले राखेका हुन्छन। उनीहरुले प्रत्येक वाक्यवाट शब्दचित्र गर्न सकियोस भन्ने चाहना हुन्छ। यसमा यहाँले कतिको ख्याल गर्नु भएको छ ?
मैले त्यो गर्छु। म त एकदमै इमेजेष्ट राइटर नै हो। मैले लेख्ने कुरामा कविता जस्तै गरी लेख्छु। म इमेज क्रियट गर्छु म के भन्छु भने पाठकले आफ्नो इमेजहरु, आफ्नो एक्सपिरियन्सहरु ल्याएकै हुन्छ। आफ्नो एक्सपीरियन्स नभइकन पाठकले पढ्नै सक्दैन। पाठकले जसरी आफूलाई ढालेर पढ्न थाल्छ। त्यसैगरी उसले इन्ज्वाय गर्छ।
कविता त जति नबुझियो, जति भाष्ट भयो त्यति राम्रो भन्छन मान्छेहरुले । एउटा कविताको ४ वटा अर्थ लागिरहेका हुन्छनहामीले हेर्दा खेरी। तर, कथा उपन्यास भित्र केही एनेक डट्सहरु हुन्छन। टेस्टीमोनिहरु हुन्छन। यहाँले लेख्ने कुरामा यहाँलाई नेपाल भरीको लेखे झै लाग्छ। हामी पाठकहरुले हेर्दा काठमाडौं केन्द्रीतमात्र भएको देख्छौं। गाउँघरहरुलाई इमेज क्रियसन गरेर केही पनि लेख्नु भएको छैन भन्ने आरोप पति यहाँलाई छ। यसमा यहाँको धारणा के छ ?
म काठमाडौं मै हुर्किए । मेरो त्यो एक्सपेरीयन्स अलि लिमिटेड छ। मेरो गाँउमा कनेक्सन छ। मेरो बुवा गौर मा हुर्किनु भयो म त्यहाँ गएको पनि छु। अमेरिकामा बसे पनि यो भन्दा बाहिर गएर लेख्न त सक्दैन। ‘इज नट अ बिग डिल’ भन्या जस्तो लाग्छ। हरेक राइटरले आ–आफ्नो लिमिटेसन ल्याएर आएको हुन्छ। म काठमाडौंमा बस्ने भएकाले मैले काठमाडैंलाई जति बेष्ट देखाउन सक्यो त्यो हुन्छ। तराईको राइटरले तराईको लेख्ने, पहाडकोले पहाडको लेख्ने। हरेक राइटरमा आफ्नो रेस्पोन्सबीलीटी हुनुपर्छ र छ ।
सिंगो नेपालको पहिलो अंग्रेजी राइटर हुनु भयो र पुरस्कार पनि पाउनु भयो। यहाँका पाठकहरु पनि अंग्रेजी भाषि नै हुने भए। याँहाको कथामा यहाँको प्रेम लथालिङ्ग छ भन्ने पनि देखाउँछ। पाठकको दिमागमा पनि यहाँको लेखाइले यस्तै प्रतिबिम्बित त गर्ने होला नी ?
यो सोच्ने मान्छेको पनि गलत सोचाइ हो। अमेरिकामा बसेर एउटा राइटरको लेखाइमा मात्र विश्वास गरेर नेपाल यस्तो छ भनेर बुझ्नु त उहाँहरुको पनि कमजोरी हुन्छ। एउटा प्रेम चन्द पढ्दैमा सबै इन्डिया यस्तै रहेछ भनेर भन्न त सकिदैननी । उनले त एउटा प्रटिकुलर रिजनको बारेमा लेखेको हुन्छ।
यहाँको ‘अरेष्टिङ गड इन काठमाडौं’ पुस्तक पढ्दाखेरी हिन्दुवादीहरुले कस्तो खालको प्रतिक्रिया दिएका छन् ?
हिन्दु रिलिजन धेरै भाष्ट छ। हिन्दु रिलिजनले धेरै कुरा समावेस गर्न सक्छ। त्यस्तो सोच्ने मान्छे मेरो पाठकै नभए भइहाल्यो नी ।
यहाँको कथामा तीन प्रकृतिका महिला छन्। १ सच्चा प्रेम गर्ने, २ प्रेमको नाटक गर्ने, ३ विवाह पूर्व नै गर्भवति हुने। विदेशी पाठकहरुले पढ्दा नेपालमा यस्ता महिला रहेछन्वा राष्ट्रियतामा नै समस्या हुन्छ की ?
राइटरहरुले राष्ट्रियताको बारेमा ‘वरी” गर्नु हुदैन। त्यो एकदम गलत हो। राष्ट्र एउटा कुराले मात्र बन्दैन। तपाईको दिमागमा, मेरो दिमागमा र उहाँको दिमागमा राष्ट्रका परिभाषा अलग अलग छन्। हामीले आफ्नो दिमागमा आएको कुरालाई राष्ट भन्छौं। राष्ट्र भन्ने कुरा सबैको दिमागमा एउटै भए त विवाद नै हुँदैनन नी । हामीले राष्ट्रलाई कसरी राम्रो देखाउने भन्ने हैन। त्यो जिम्मेवारी हाम्रो हैन। त्यो काम अरुहरुको होला।पत्रकारहरुले जसरी भएको कुरालाई देखाउँछन्। साहित्यकारहरुको पनि त्यो कतव्र्य हो। तर, पाठकको आफ्नो आफ्नो बुझाइ हुन्छ।
यहाँ अन्तर्राष्ट्रिय रुपमा प्रख्यात लेखक हुनुहुन्छ। यतिबेला जति पाठकले यहाँलाई पढी रहनु भएको छ। उहाँहरुले यहाँले कसरी लेख्नु हुन्छ। लेखाइको सुरुवात कसरी गर्नुहुन्छ भन्ने कुरा थाहा पाउन पाएको भए भन्ने सोच्दै हुनुहुन्छ। कृपया, लेखाइको सुरुवात कसरी हुन्छ ?
सबै प्रकृया एउटै हुँदैन। म एउटा कवी जस्तो गरेर कुनै एउटा तस्वीरलाई र पात्रलाई तयार गर्छु। त्यसपछि त्यो कुरालाई पछ्याउँदै जान्छु। जब मेरो ड्राफ्ट तयार हुन्छ । अनि मैले के लेख्या हो त? भन्ने कुरालाई विस्तृकरण गर्दै जान्छु।
कुन बेला यहाँको मुड आउछ लेख्न। विहान, बेलुकी ?
सबै लेखकको यो प्रकृया फरक फरक समयमा हुन्छ। मैले विशेषगरी विहानको समयलाई उपयोग गर्छु। विहान ३÷४ बजेदेखि नै लेख्न थाल्छु। यसो १÷२ घण्टा लेखेर अध्यापन पनि गर्ने भएकोले त्यता तिर लाग्छु। कहिले काँही फेरी आएर पनि लेख्छु।
लेख्दा कम्प्यूटर वा कापी कलम के को प्रयोग बढी गर्नु हुन्छ ?
मैले पहिलो ड्राफ्ट हातले तयार गर्छु। हातले लेख्द खेरी अलि स्वतन्त्र भएर लेखेको जस्तो हुन्छ।
हातले लेख्दाका फाइदा र कम्प्यूटरमा लेख्दाका बेफाइदाहरु के हुन् ?
लेखकमै भरपर्ने कुरा हो। आफूलाई कसरी सजिलो हुन्छ त्यसैगरी नै लेखकहरुले लेख्ने गर्छन। मैले पनि पहिला पहिला ल्यापटपमा नै लेख्थे। एकदिन मैले लेख्दा लेख्दै दिमाग नै बन्द भएजस्तो भयो। त्यसपछि मैले ल्यापटपलाई छोडेर हातले लेख्न थालेको हुँ। हातले लेख्न थालेपछि मैले स्वतन्त्र महशुस गरेँ। हातले लेखेपछि जुनबेला पनि मैले च्यातेर फालिदिन सक्छु भन्ने भयो ।
विद्यालयको पढाइका बेला पनि यहाँले गोदावरीको सम्पादक भएर काम गर्नु भयो । त्यसमा लेख्दाको अनुभव सुनाईदिनुस् न ।
म सानैदेखि लेख्थे। सानोमा नेपालीमा पनि धेरै लेख्थे। म लैनचौरमा बस्दाखेरी नेपालीमा कविताहरु धेरै लेख्थे। कथामा मेरो रुचि भए पनि निबन्ध खालको लेख्थेँ। गोदावरी लेख्दा साथहरुलाई भन्थे। उनीहरुले लेख्थेनन्। उनीहरुको नाममा मैले नै लेख्थे र प्रकाशित गर्थे। गोदावरीमा अरु साथीहरुको देखे पनि त्यो मैले नै लेखेको हो।
यहाँको पहिलो लेखाइको अनुभव सुनाइदिनुस्न। जसले अहिले पढीरहनु भएको उनीहरुले पनि लेख्दा यस्तो हुने रहेछ भन्ने थाहा पाउन्।
मलाई पहिलो लेखेको भन्ने याद छैन। सानोमा नेपालीमा लेखेँ, पछि अंग्रेजीमा गोदावारी मै लेखेँ पछि अमेरिका गएपछि अलि बढी लेख्न थालेको हुँ। अमेरिकामा अरु झै पहिलो पब्लिस भएको कुरालाई लेखकहरुले बढी सम्झिने गर्छन। म वहायो यूनिभर्सिटिमा हुँदा खेरी मेरो कथा प्रकाशित भएको थियो। त्यो बेलामा जुन उत्साह हुन्छ नी अहो छापिए छ। केही न केही भएछ। भन्ने त्यो अहिलेसम्म म्याच भएको छैन। त्यो अनुभव मैले पुनः गर्न पाएको छैन। युवा लेखकहरुलाई मैले के अनुरोध गर्न चाहेँ भने लेख्ने कुरा अनुशासित भएर नै लेख्नु पर्ने हुन्छ। भोलि लेखुँला, मलाई उचित वातावरण चाहिन्छ। म लेख्न मन लागेको बेलामात्र लेख्छु। राम्रो बगैँचामा बसेर लेख्नु पर्छ भन्ने आयो भने कहिलै लेख्न सकिँदैन। लेखाइ भनेको दैनिक लेख्नु पर्छ। त्यसो भयो भनेमात्र लेखाइ पूर्ण हुन्छ। अहिले त मेरो लेखाइमा यस्तो बानी बसिसक्यो दैनिक मैले लेखेन भने के नपुग्या के नपुग्या हुन्छ।
ड्राफ्ट गरेको कुरालाई सम्पादन पनि गर्नु हुन्छ होला। यहाँले सम्पादन गर्दा के कस्तो कुरालाई डिलिट गर्नु हुन्छ ?
त्यो चाहीँ कथामा नै भर पर्छ। यसो हे¥यो सिन नै राम्रासँग क्रियट गरेको हुँदैन। जब कथाले दिन खोजेको कुरा प्रस्ट आउँदैन, वा आएको छैन भने त्यसलाई पुर्नलेखन गर्नु पर्ने हुन्छ। कहिले काहीँ साथिभाइलाई पनि पढ्न दियो। मेरो श्रीमतिले पनि पढ्नुहुन्छ मेरो पहिलो लेखाइ। उहाँहरुको फिडब्याक लिएर मिलाउनु पर्ने भन्ने कुरालाई मिलाइन्छ।
गुरु अफ लभ भन्ने पुस्तकमा भएका रामचन्द्र पात्र यहाँ आफै हो ?
हैन, हैन। म पनि अध्यापन पेसामा भएका कारण त्यो सोच्नु स्वभाविक पनि होला। मलाई पनि त्यो क्यारेक्टर लैख्न सजिलो भएको थियो। मैले अघि पनि भने मेरो बुवाले ट्युसन पढाउनु हुन्थ्यो। म यहाँ बसेर ट्यूसन पढाएन। अध्यापन पेशा कस्तो हो भन्ने कुरा मलाई थाहा छ। किन भने मेरो बुवाले पढाउनु हुथ्यो। हाम्रो परिवारमा पढ्ने लेख्ने मान्छे धेरै भएकाले पछि आफैले पनि अलिकति पढाए पछि अलिअलि आयो। कथामा पात्र रामचन्द्रले पनि बाँदरले यो भन्दा राम्रो लेख्छ भनेपछि, कतिपय शिक्षकहरुले पनि त्यस्तै गरेको पाइयो। आफ्नो जीवनमा भने मिल्यो भन्न मिल्दैन। किन भने मेरो जीवन आफैमा रोचक छैन जस्तो लाग्छ।
लक्ष्मी प्रदसाद देवकोटाले सबै जलाए पनि मुना मदन नजलाउनु भनेजस्तै यहाँको अहिलेसम्मको कृति मध्ये आफैलाई आहा लागेको कृति कुन छ ?
मैले किताब पब्लिस भएपछि त्यहाँ फर्केर जाँदै जान्न। तर, हरेक किताबको आ–आफ्नो स्वाद हुन्छ। मैले पहिलो प्रकाशित गरेको कृति, मलाई जसले पाठक दियो, ‘अरेष्ट गड इन काठमाडौं। अहिले जति किताब लेखेपनि मैले त्यही पुस्तकलाई नै सम्झन्छु। मेरो म्याड कन्ट्री २०१८मा आयो। मैले यो पुस्तक २०१६ सम्ममा लेखिसकेको थिए। त्यो प्रकाशित हुँदासम्म २ वर्षको ज्ञाप भएको हुन्छ। मैले त्यो बेलासम्ममा अर्को प्रोजेक्टमा ध्यान दिएको हुन्छु। त्यसकारण मेरो जुन त्यो पुस्कतकसँगको सम्बन्ध हो त्यो त्यति हुदैन।
म्याड कन्ट्रीमा पत्रकारको कुरा धेरै लेख्नु भएको छ। नारायण वाग्लेले पनि त्यस्तै कथामा आधारित मयुर टाइम्स भन्ने पुस्तक निकाल्नुभयो। कथा एउटै छ भन्ने आरोप पनि छ। तपाईले कहिले लेख्नु भयो ? पहिला कस्ले गर्नु भयो ?
जस्ताको त्येस्तै त कथा पनि छैन क्यारे। तर, त्यो अगाडी पछाडी कसले लेख्यो भन्ने कुरा पनि थाहा भएन।
अरुले लेखेका कुन किताब पढ्नु भयो। नेपाली लेखकले लेखेका मध्ये यहाँलाई साहै रोचक लागेको पुस्तक कुन ?
मेरो पढन लेखन नै अमेरिकामा हुने भएकाले मैले नेपाली पुस्तकहरु धेरै पढ्न त पाएको छैन। आफ्नो चाहना पनि अंग्रेजीमा भएकाले पनि होला त्यो अवसर धेरै जुरेको छैन। पुरानोमा लक्ष्मी प्रसाद देवकोटाको कविताहरु धेरै पढ्छु। नयाँमा वाग्लेजीको पलपसा क्याफे पनि राम्रै लागेको पुृस्तक हो।
भारतीय लेखक अखिल शर्मा र याहाँले सँगै पुरस्कार पाउनु भयो। उहाँले लेखेको पुस्तकमा जुन भ्रष्टाचारको कुरा लेख्नु भएको छ। नेपालमा पनि यो बढी नै हुन्छ। यहाँलाई नेपालको क्रप्सनको बारेमा फिक्सन लेख्ने केही इच्छा जागेर आयो की आएन ?
क्रप्सनमै फोकस गरेर लेख्न मन त छैन। आफ्नो चाहानाको पनि कुरा हुन्छ। त्यस्तो चाहाना आएको छैन। तर, भ्रष्टाचारको सानो सानो कुराहरु त मेरो कथा र उपन्यासमा भइनै रहेको छ । अलिकति पैसा खान्थे। चिया खान पैसा देउ जस्ता कुराहरुत सबैमा आएकै छन। तर पछिकादिनमा पनि त्यो विषयमा कलम चल्न सक्छ। त्यो भ्रष्टाचार भन्दा पनि ठूलो राजनीतिक विषयमा कलम चलाउन मन छ। अमेरिकाकै राजनीतिमा मलाई धेरै चासो रहेको छ। अरु धेरै के भनौं किताब आएपछि पाठकहरुले आफै थाहा पाउनु हुन्छ।
अंग्रेजीमा लेख्ने अन्य लेखकहरुका लेख कम्प्यूटरको फाइलका रुपमा मात्र बसेका छन। प्रकाशकोमा कसरी पु¥याउने भन्ने उनीहरुको अलगै चिन्ता छ। प्रकाशकको मा आफ्नो लेख पु¥याउन नसकेका लेकहरुले पनि यहाँको अन्तवार्ता पढीरहनु भएको होला। उहाँहरुलाई त्यहाँसम्म पुग्ने कुने टुल्सहरु बताइदिनु हुन्छ की ?
पहिलो त आफ्नो लेखनकलालाई उत्कृष्ट बनाउनु नै हुन्छ। म पनि एकै रातमा आएको हैन। धेरै पटक आफूलाई निखारेर बल्ला मेरो किताब प्रकाशित भएको हो। अर्कोकुरा अहिले इन्टरनेटको जमानामा लेखहरुलाई कहाँ कसरी प्रकाशित गर्ने भन्ने कुरा गाह्रो पनि छैन। एउटा समूह बनाएर आफूले लेखेको कुरालाई अर्को साथिलाई पठायो। हेरेर त्यलाई सुधार्दै जाने हो । पहिला त साहित्य पत्रिकाहरुमा प्रकाशित गराउने प्रयास गर्नु पर्छ। अहिले दुनीयाभरी छन। सजिलै पहुँच पुग्छ भन्ने लाग्छ। अंग्रेजी साहित्य पत्रिका भनेर गुगल गर्नु भयो भने धेरै आउछन्। त्याहाँ पठायो। रिजेक्सन आउछ। आफूले स्वीकार गर्नु प¥यो। मेरो पहिला पहिलाको रिजेक्सनहरु मैले अहिले पनि विद्यार्थीलाई देखाउने गरेको छु। रिजेक्सन भनेको लेखकको जीवनकै अभिन्न अंग हो। सबै प्रकाशित हुँदैनन्। हामीले कोशिस गरिरहनु पर्छ।
आएका रिजेक्सनहरु मध्ये अहिले पनि याद भएको र यहाँको मनभित्र पसेको कुनै उदाहरण छ ?
पहिलो रिजेक्सन त चोट पर्ने खालको नै हुन्छ। तर, पछिपछि मैले त्यो कुरालाई स्वीकारेँ। ठूलो लेखकले तपाईको कथा राम्रो छ यो प्रकाशन गर्न सकिएन। अर्को पठाउनुस भनेपछि त्यो राम्रो रिजेक्सन हो भन्छु। त्यो भएपछि आहा। मलाई यो लेखकले उत्प्रेरित ग¥यो भनेजस्तो हुन्थ्यो।
प्रकाशन गर्न पनि धेरै संघर्ष गर्नु पर्छ ?
लेखकको जीवन नै संघर्षको जीवन हो। नेपाल होस वा अमेरिका संघर्ष बिना कुनै लेखक सफल भएको पाइदैन।
एउटा लेखकले पाठक भएर अर्को लेखकको लेख पढ्दा के खोज्नु हुन्छ ?
पहिलो कुरो त लेखकले लेखेको कुरालाई तस्वीरमा ल्याउन सक्नु पर्यो। अर्को कुरा विषयवस्तु कति गहकिलो छ। थिमहरु के छ। कसले कस्तो गरेको छ, भन्ने नै हेरिन्छ। मैले सधै हायरलेबल इन्गेजमेन्ट नै खोज्छु। त्यो कथाले भनेको कुरामा मेरो चासो भइरहोस् न। म सँग बसिरहोस न। त्यो कथाको बारेमा मैले सोचिरहँु पढिसकेपछि पनि । त्यसको झल्को लागिरहोस मलाई।
अर्काको लेख पढेपछि मैले भएको भए यस्तो लेख्थें भन्ने हुन्छ कि हुँदैन ?
अवश्य पनि। मैले पढाउने विषय नै त्यही भएकाले विद्यार्थीहरुको लेख पढीरहन्छु। उहाँहरुले लेख्नु भएको कुरामा पनि कतिपय ठाउँमा म भएको भए यस्तो लेख्थेँ हुन्छ। तर त्यो एउटा लेखकले त्यस्तो सोच्नु हुँदैन। त्यो गलत हो। सबैको आ–आफ्नो तरिका हुन्छ। कम्तिमा लेखकले लेखेको वाक्य नै परिवर्तन नगरे पनि यसको ठाउँमा यो राख्दा यस्तो हुन्छ की भन्न सकिन्छ। त्यो शिक्षकले गर्ने काम पनि हो।
फिल्महरुमा पार्ट १, २ भनेर आउँछन्। यहाँले लेखेका पुस्तकहरुमा पार्ट २ आउने सम्भावना कस्तो छ ?
अहिले मैले लेखिरहेको उपन्यास मै पार्ट १ र पार्ट २ भइरहेको छ। यो जीवनको पहिलो पटक नै हो। तर, पुराना लेखेको पुस्तकहरुमा पार्ट २ गरौंला भन्ने कुनै पनि बिचार आएको छैन। नयाँमा आएको छ। मैले लेखेको गुरु अफ लभ चाहीँ पुरालो कथाबाट नै उपन्यासमा परिवर्तन भएको हो।
यहाँको पहिलो पुस्तकमा ९ वटा कथा थियो। दोस्रो उपन्यास निकाल्नु भयो। फेरी ९ वटा कथा भएको अर्को किताब आयो। त्यसपछि ८ वटा कथा समेटेको पुस्तक आयो। त्यसको एउटा कथा कता गयो ?
हा… हा… । त्यो कुरा मैले पनि ख्याल गरेको थिएन। याहाँले गन्ती गरेरै राख्नु भएको रहेछ। मैले सम्पादकलाई धेरै कथाहरु पठाएको हुन्छु। उहाँसँग कुरा हुदा यो ठिक छ यो ठिक छैन। यो कथा मिलेको छैन। भन्नु हुन्छ। त्यसैको स्वरुप होला यो। पहिलो निकाल्दा पनि १०÷११ वटा कथा दिएँ हुला। सम्पादकले भनेपछि कोही निकालियो होलात्यही नै हो ।
नेपालका हिमाल पहाड र तराईँमा फरक संस्कार र संस्कृति छ। यहाँले महिला पात्रलाई बढी खेलाउनु हुन्छ। अब नेपालका सबै संस्कार संस्कृतिसँग जोडिएको आहा यस्तो पो रहेछ। भन्ने खालको कथा कहिले आउँछ ?
लेखकहरुले कहिले के लेख्छ भन्ने थाहा हुदैन। मैले अहिले लेखेको उपन्यासका बारेमा तपाईँले ६ वर्ष पहिला सोध्नु भएको भए मैले यस्तो लेख्दै छु भनेर भन्न सक्थेन। लेखकको यात्रा कस्तो हुन्छ भन्न सकिँदैन। विषय आपत्कालिन आउछ। मैले अहिले लेखिरहेको कुरा चिताएको पनि थिएन। लेखिराको छु मैले ।
नयाँ पुस्तकको शीर्षक तथा विषयवस्तु भन्न मिल्छ की ?
शीर्षक बनाएकै छैन।
पहिला शीर्षक लेख्ने र पछि कथा प्रारम्भ गर्ने लेखकहरु पनि छन्। यहाँले शीर्षक कहिले बनाउनु हुन्छ ?
शीर्षक फरक कुरा हो। मैले पनि कहिले कतै शीर्षक लेखेरै कथा लेख्ने पनि गरेको छु। शीर्षक लेखेर कथा प्रारम्भ गरेपछि कथा अन्तै जान्छ। शीर्षकसँग मेल खाँदैन। अनि अर्को शीर्षक राख्नु पर्छ। मेरो बिचारमा लेखकहरुले शीर्षकलाई नै फोकस गरेर लेख्नु हुँदैन।
देवकोटाले नयाँ शब्द बनाउँथे र त्यो नेपाली शब्द बन्दै जान्थ्यो। यहाँले अंग्रेजीमा पनि नेपाली शब्दहरु राख्नु भएको छ। अंग्रेजी शब्द हुँदा हुँदै पनि नेपाली शब्द राख्नु याहाँको योजना नै हो की लेख्दै जाँदा आयो ?
योजना त हैन। एउटा इन्टेन्सन छ मेरो। अंग्रेजी भाषा विगत ३० वर्षदेखि सबैको हो भन्ने जस्तो भएको छ। मेरो पनि त्यही नै लार्जर इन्टेन्सन त्यो हो। मैले यही गर्छु भनेर लेखेको त हैन। लेखकहरुको मुख्य प्रेम भनेको भाषासँग नै हो। कहिले काही नेपालीलाई अंग्रेजी गरायो। कहिले त्यतिकै राख्यो। त्यसले नेपाली शब्दहरुलाई अंग्रेजी भाषामा पनि स्थापित होस भन्ने दिर्घकालिन सोच हो। मैलेत कहिलेकाहीँ एक दुई वटा वाक्य नै नेपाली पनि राखेको छु। नेपाली पढनेहरुले त रोमनाइज नेपाली नै पढेको हो त्यो। त्यसमा कतिपय भन्न खोजेको के हो भनेर पनि बुझ्छन।कतिपय ठाउँमा त पढ्नेले पनि मेहेनत गर्नु प¥यो नि ।
नेपालमा लेखकहरुले लेखेर बाच्न सक्दैन भन्छन्। यहाँको बिचारमा लेखेर जीवन निर्वाह गर्न सकिन्छ ?
लेखेर जीवन निर्वाह गर्न नेपालमा मात्र हैन अमेरिकामा पनि गाह्रो छ। म पनि त पढाइरहेको छु। लेखेरमात्र त म बाच्न सक्दिन। लेखेरमात्र बाच्ने लेखकहरु धेरै कम छन्। अमेरिकामा पनि मेरै साथि लेखकहरु शिक्षण पेशामा नै छन्। तर, मेरो लेखाइले मलाई विश्वविद्यालयले अवसर दियो। त्यसमा लेखले धेरै सहयोग गर्छ। मेरो लेखाइ र पढाउने काम बराबर जस्तो छ।
Facebook Comment