एफएनसीसीआइ वस्तुगत उपाध्यक्षमा प्रधान समूहबाट अञ्जन श्रेष्ठ विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहतर्फको उपाध्यक्षमा प्रधान समूहबाट अञ्जन कुमार श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले कुल ६२ मत ल्याएर महासंघको उपाध्यक्षमा विजय भएका हुन् । उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत ल्याएका छन् ।
वस्तुगततर्फ केन्द्रीय सदस्यमा अरनिको राजभण्डारी, आकाश अधिकारी, गोविन्द ढुंगेल, नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।
यस्तै प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल, सुकुन्तलाल हिराचन विजयी भएका छन् । यसैगरी सुबोध कुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल विजयी भएका छन् ।
यस्तै प्रदेश केन्द्रीय सदस्यमा राजेन्द्र राउत, विजयकुमार साह, जमसेद मियाँ, बाबुराम गिरी, पुष्पराज कुमार र लालीमान बुढा विजयी भएका छन् ।
Facebook Comment