दोहोरो कर खारेज गर्न उद्योगी ब्यबसायीको माग

डिसी नेपाल
१७ मंसिर २०७७ १५:०२

काठमाडौं। संघ र प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै उद्योगी ब्यबसायीहरुले दोहोरो प्रकृतिका करलाई खारेज गर्नुपर्ने माग गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर आफूहरु दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन माग गरेका हुन्।

महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशहरुमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल कमजोर भएको र यसरी दुई सरकारबाट कर असुली गर्नु कानुनविपरीत भएको धारणा राखे।

देशको आर्थिक विकासमा कतिपय कानूनहरु बाधक रहेको बताउँदै गोल्छाले त्यसका लागि कुनकुन कानूनहरु परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा महासंघले छुट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिन लागेको जानकरी दिए।

यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यस तर्फ ध्यान दिन माग गरे।

सरकारले निर्यातलाई अझ बढी प्राथमिकता दिनुपर्नेमा जोड दिदै उनले रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *