शिक्षा आयोगको प्रतिवेदनः सरकारले दुईवर्षसम्म गोप्य राखेपछि आयोगका सदस्यले गरे सार्वजनिक (पूर्णपाठ)
काठमाडौं। उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ। सो प्रतिवेदन सरकारले नभई आयोगका सदस्यहरुले सार्वजनिक गरेका हुन्। दुई वर्षअघि प्रतिवेदन सरकारलाई बुझाएपछि सरकारले हालसम्म सो प्रतिवेदन गोप्य राखेपछि अयोगका सदस्यहरुले शुक्रबार आफै सो प्रतिवेदन सार्वजनिक गरेका हुन्।
आयोगका सदस्यहरू श्यामकुमार श्रेष्ठ, विमलकुमार फुयाँल, प्राडा रामस्वार्थ राय, डा।कृष्णप्रसाद पौडेल, प्राडा टंकनाथ शर्मा, चक्रमान विश्वकर्मा, डा सुशन आचार्य, प्राडा सुजनबाबु मरहट्टा, बाबुराम थापा, लक्ष्मण शर्मा, डा सदानन्द कंडेल, प्राडा विद्यानाथ कोइराला र प्राडा मीनबहादुर विष्टले सो प्रतिवेदन सार्वजनिक गरेका हुन्।
सरकारले प्रतिवेदन सार्वजनिक नगरेर कार्यान्वयन नगर्ने देखिएपछि सार्वजनिक गरिएको उनीहरुले बताएका छन्। आफूहरुको मिहेनत खेर जाने र शिक्षामा बहस हुने नदेखिएपछि आफै अग्रसर भएको उनीहरुको भनाई छ।
Facebook Comment