टर्कीमा सन् २०१६ मा भएको असफल सैनिक ‘कू’मा आवद्व ७६ जना पक्राउ
इस्तानबुल । टर्कीमा सन् २०१६ प्रयास गरिएको असफल सैनिक कूमा आवद्व रहेको आशंका कम्तीमा ७६ जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।
प्रहरीले देशभर गरेको सुरक्षा कारबाहीको क्रममा ती व्यक्तिहरु पक्राउ परेका स्थानीय सञ्चार माध्यमले शुक्रवार जनाकारी दिएको हो ।
टर्कीको पश्चिमी प्रान्तमा इज्मिरका अभियोक्ताको आदेशको आधारमा आतङ्क विरुद्ध र गुप्तचर निकायका अधिकारीहरुको सहयोगमा ६६ जना पक्राउ परेका राज्यद्वारा सञ्चालित सञ्चार माध्यम आनाडोलुले जानकारी दिएको छ ।
प्रहरीले केही रकम, नक्कली कागजात र डिजिटल सामग्री“ पनि बरामद गरेको आनाडालुले प्रशारण गरेको समाचारमा बताइएको छ । मध्य प्रान्त एस्किसेरमा गरेको छुट्टै अनुसन्धानमा सेनामा घुसपैठ गरेको आरोपमा अन्य १० जना संदिग्ध व्यक्तिहरुलाई पक्राउ गरिएको बताइएको छ ।
सन् २०१६ को जुलाई भएको असफल सैनिक कूको अमेरिकामा शरणमा बस्दै आएका टर्कीज धर्मगुरु फेतेउल्लाह गुलेनलाई टर्की सरकारले दोषारोपण गर्दै आएको छ ।
Facebook Comment