नकारात्मक सर्किटपछि सेयर बजार बन्द
काठमाडौं। साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांकमा नकारात्मक सर्किटकाब्रेक लागेपछि कारोबार बन्द भएको छ। नेप्से परिसूचक नकारात्मक सर्किट ब्रेक लागेपछि आइतबारका लागि सवा घण्टा पहिले नेप्से बन्द भएको छ।
लगातार केही समय उकालो लागेको सेयर आइतवार भने कारोबारोको सुरुवाती समयदेखिनै घटेको हो। कारोबारो नापक नेप्से ६ प्रतिशत अर्थात १२३.३४ अंकले घटेपछि बजार बन्द भएको हो।
यो गिरावटसँगै नेप्से सूचकांश एक हजार ९ सय ३२ दशमलब ११ विन्दुमा आइपुगेको छ। आइतबार शेयर बजारमा कारोबार भने ७ अर्ब २० करोड भएको छ।
प्रतिक्रिया
Facebook Comment