विश्वभर कोरोना : २४ घण्टामा ५ लाख थपिएसँगै संक्रमित हुनेको संख्या ६ करोड ७९ लाख बढी

डिसी नेपाल
२३ मंसिर २०७७ ६:५९

काठमाडौं । विश्वभरमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ लाख ३ हजार ९ सय ३७ पुगेको छ। गत २४ घण्टामा ५ लाख ३ हजार ३ सय २७ कोरोनाका संक्रमित थपिएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ लाख नाघेको हो।

हालसम्म विश्वभमा १५ लाख ४९ हजार ६ सय २० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। गत २४ घण्टामा ७ हजार ९ सय १५ जनाको कोरोनाका कारण मृत्यु भयो। अमेरिकामा मात्र गत २४ घण्टामा १४ सय बढीले ज्यान गुमाएका छन्।

हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड ६९ लाख ९० हजार ३ सय २० पुगेको छ। सबैभन्दा बढी भारतमा ९१ लाख ७७ हजार ६ सय ४५ जना कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन्। भारतमा जम्मा कोरोनाका संक्रमितको संख्या ९७ लाख ३ हजार ९ सय ८ रहेको छ।

गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १ लाख ८१ हजार ४ सय ३८ जना कोरोनाका संक्रमितहरु फेला परेका छन्। अमेरिकामा यो सँगै कोरोना संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ५१ हजार ६ सय ९१ पुगेको छ। हालसम्म ८९ लाख ७९ हजार १ सय ९७ जना कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन्। अमेरिकामा अझै पनि ६० लाख ८२ हजार १ सय १८ कोरोनाका संक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा टर्कीमा ३२ हजार १ सय ३७, रसियामा २८ हजार १ सय ४२, भारतमा २७ हजार १ सय ७, ब्राजिलमा २४ हजार ५ सय २५, जर्मनीमा १५ हजार १ सय ६१, युकेमा १४ हजार ७ सय १८, इटालीमा १३ हजार ७ सय २० र इरानमा १० हजार ८ सय २७ जना कोरोनाका संक्रमितहरु थपिएका छन्।

यस्तै स्वीजरल्याण्डमा ९ हजार, युक्रेनमा ८ हजार, मेक्सीको र नेदरल्याण्डमा ७ हजार, सेरवीया र स्पेनमा ६ हजार र कोलोम्बीया र इन्डोनेसीयामा ५ हजार बढी कोरोनाका संक्रमितहरु थपिएको वर्डोमिटरले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *