बंगलादेशबाट पचास हजार मेट्रिक टन युरिया जीटूजी प्रक्रियाबाट खरिद गर्ने सरकारको निर्णय

डिसी नेपाल
२४ मंसिर २०७७ १९:००

काठमाडौँ । सरकारले बंगलादेश सरकारसँग पचास हजार मेट्रिक टन युरिया मल जीटूजी प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती दिने भएको छ ।

मंसिर १८ गते बसेको मन्त्रिपरिषद बैठकले ३ जना सचिवको सरुवा पनि गरेको छ । हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयानारायण ज्ञवाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेल अतिरिक्त समूहमा र अतरिक्त समूहमा रहेका गोकर्णमणि दुवाडी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।

यस्तै सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ ।

मंसिर २३ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका महासेनानी सोवितबहादुर अधिकारीलाई सहायक रथी दर्जामा मनार्थ बढुवा गर्ने निर्णय गरेको छ।

मंसिर १५, १८ र २३ गत्ते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरुः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *