०४६ सालपछि मूल्य मान्यताकाे राजनीति अन्त्य भयाे : नेता सिंह

डिसी नेपाल
२५ मंसिर २०७७ ११:१३

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ काे परिवर्तनपछि मूल्य मान्यताकाे राजनीति अन्त्य भएको बताएका छन्। राजनीति सेवाभावले गरिनु पर्नेमा कमाउ पेसा बनेकाेप्रति चिन्ता ब्यक्त गर्दै नेता सिंहले अहिले मूल्य मान्यता भन्दा पनि पावर, मनी र मसलकाे प्रयाेग भइरहेकाे बताए।

अहिले सरकार संविधान र संघीयताकाे मर्म विपरित हिँडेकाे समेत बताए। बिहीबार काठमाडाैं- ३१ का इकाई अध्यक्ष उज्ज्वल काेइरालाकाे शाेकसभामा बाेल्दै नेता सिंहले सरकारकाे बाेलाई र व्यवहार पनि संविधान र संघीयताकाे अनुकूल नभएकाे सिंहले बताए। संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई संघकै प्रशासनिक इकाइकाे व्यवहार गरेकाे भन्दै आलाेचना समेत गरे।

सुशासन र समृद्धिकाे गफ दिएपनि सरकार त्यसकाे विपरित बाटाेमा हिँडेकाे बताउँदै जनता सरकारसँग निराश बनेकाे उनको भनाइ थियाे। तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसकाे भूमिकाबाट पनि जनता आश्वस्त बन्न नसकेकाे बताउँदै उनले १३ ओैं महाधिवेशनपछि कांग्रेस कमजाेर भएकाे टिप्पणी गरे।

१४ ओैं महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने भन्दै नेता सिंहले इमान्दार र राजनीतिक धर्म नछाड्ने नेतृत्व पार्टीमा आवश्यक रहेकाेमा जाेड दिए। समय मै महाधिवेशन गर्दै कांग्रेसलाई भरपर्दाे पार्टी बनाउनुपर्ने उनको भनाइ थियाे। सिंहले लाेकतान्त्रिक दल विधानबमाेजिम नचलेकाे भन्दै विधानसम्मत चल्नुपर्छ भनेर आफूले भनिरहेकाे बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *