वृद्धाको हत्या, अभियुक्त पक्राउ

डिसी नेपाल
२५ मंसिर २०७७ १४:३३

झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो।

प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको जनाएको छ। अभियुक्त बिर्जाले नै आज बिहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको शव रहेको जानकारी दिएका थिए।

प्रहरीले शङ्का लागी केरकार गर्दा बिर्जा आफैँले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको जनाइएको छ। बुधबार राति ९ बजेतिर चारआली चोकबाट फकाइफुल्याई राजमार्गको कल्भर्टमुनि लगी बलात्कार गरेर घाँटी थिची हत्या गरेको अभियुक्तले बयान दिएको सूचना अधिकारी थापाले बताए। घटनास्थलमा पुगी प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *