सातामा १०० अंक घटेको सेयर बजार अन्तिम दिन ८ अंकले बढ्यो
काठमाडौं । साताको काराबार हुने अन्तिम दिन धितोपत्र मापक नेप्से परिसूचक ८ दशमलव २७ अंक बढेको छ। साताभरि निकै उतारचढाव देखिएको नेप्से परिसूचक यो सातामा १०० अंकले घटेको छ। बिहिबार ८ दशमलब २७ अंक बृद्धि भएको नेप्से १९६४ दशमलव ०२ अकंमा बन्द भयो।
दिनभर उतारचढाव भएपनि बिहिबार २० अंक सम्म घटेको नेप्से अन्तिम समयमा ८ अंक बढेर बन्द भयो। कारोबारको अन्तिम दिन बिहिबार भने यो हप्ताकै न्यून कारोबार भयो। बुधबार पौने ५ अर्ब रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ४ अर्ब १४ करोड रुपैयाँमा सिमित भयो।
बिहिबार २ सय ४ कम्पनीको सवा ४ अर्ब रुपैयाँको सेयर कारोबार हुँदा ९६ कम्पनीको मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्य घटेको छ। १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया
Facebook Comment