मानव अधिकारकर्मी अधिकारी र गैरेलाई सम्मान गरिने

रासस
२५ मंसिर २०७७ १९:४४

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘दयाराम स्मृति मानव अधिकार सम्मान’बाट मानव अधिकारकर्मी डा रेणु अधिकारी र ‘मानव अधिकार पुरस्कार’ पत्रकार तथा मानव अधिकारकर्मी झलक गैरेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आयोगले अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज उक्त सम्मान तथा रु पाँच हजार राशिको पुरस्कारको घोषणा गरिएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

मानव अधिकारकर्मी डा अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरण अभियानमा विगत तीनदशकदेखि निरन्तर कार्य गर्दै आएका छन् ।

पुरस्कृत हुने अर्का व्यक्ति पत्रकार गैरे नेपालगञ्जस्थित ‘नेपालगञ्ज दैनिक’को प्रधानसम्पादक, रेडियो भेरी आवाजका स्टेशन प्रमुख, नेपाल पत्रकार महासङ्घको पूर्वकेन्द्रीय सदस्य÷प्रदेश संयोजक हुन् । गैरेले पत्रकारिताका माध्यमबाट मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

मानव अधिकारका क्षेत्रमा उनिहरुले पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै उक्त पुरस्कार प्रदानका साथ आगामी दिनमा समेत मानव अधिकारका क्षेत्रमा थप योगदान पु¥याउने विश्वास आयोगले लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *