काँग्रेसभित्र इमान्दार नेतृत्व आवश्यक : नेता सिंह

डिसी नेपाल
२५ मंसिर २०७७ २२:२९

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र इमान्दार नेतृत्वको खाँचो रहेको बताएका छन् ।

काठमाडौँ महानगरपालिका–३१ का सभापति स्वर्गीय उज्वल कोइरालाको शोकसभामा आज आयोजित कार्यक्रममा बोल्दै उनले विसं २०४६ को परिवर्तनपछि पार्टीभित्र मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गएको बताए । “राजनीतिलाई सेवाभन्दा पेशाको दृष्टिकोण हेर्दा, मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गयो”, उनले भने । पार्टीको १४औँ महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो । नेता सिंहले वर्तमान सरकार संविधान र सङ्घीयताको मर्म र भावना विपरीत हिँडेको बताए।

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले लोकतान्त्रिक दल काँग्रेस विधि र विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताए । पूर्वउद्योगमन्त्री जोशीले वर्तमान सरकारले सुशासन र समृद्धिको नारा दिए पनि उक्त नारालाई व्यवहारमा उतार्न नसकेको आरोप लगाए । काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, क्षेत्रीय सभापति प्रकाशविक्रम राणा, महासमिति सदस्य सुरजचन्द्र लामिछानेलगायतले स्वर्गीय कोइरालाको राजनीतिमाथि चर्चा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *