राष्ट्रपति भण्डारी : हातमा विश्वकप क्रिकेटको ट्रफी, ओठमा मन्द मुस्कान
काठमाडौँ । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिएकी छिन्।
संयुक्त अरब इमिरेट्स (यूएई) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पुर्याएको थियो। राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन्।
आजै सो ट्रफी जनसमुदायका लागि चन्द्रागिरिमा प्रदर्शनीमा राखिएको थियो। सोमबार वसन्तपुर दरबार स्क्वायरमा राखेर ट्रफी नेपाल बाहिर लगिनेछ। अन्य सात राष्ट्रमा पनि सो ट्रफी पुर्याइने आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिए।
इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अहिले विभिन्न राष्ट्रमा प्रदर्शनीका लागि पुर्याइँदै छ।
Facebook Comment