कोरोना बीमा दाबी भुक्तानीको ढिलाइमा चार कारणः समिति

डिसी नेपाल
२६ मंसिर २०७७ ६:३३

काठमाडौं। आवेदनमा पूरा कागजपत्र समावेश नभएको र लामो प्रक्रियाका कारण कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको पाइएको छ। बीमा समितिले कोरोना बीमासम्बन्धी गरेको अनुगमनले विभिन्न चार कारणले दाबी भुक्तानीमा ढिलाइ भएको देखाएको हो।

समितिको अनुगमनले कागजपत्र पूरा नआउँदा नै दाबी भुक्तानीमा ढिलाइ भएको देखाएको छ। बीमितले बीमा दाबी गर्दा कोरोना बीमादण्डअनुसार तोकिएको कागजपत्र बीमा कम्पनीहरूमा पेश गर्नुपर्ने हुन्छ।

कम्पनीहरूले कागजपत्र पूरा भए÷नभएको यकिन गरी पुल व्यवस्थापक शिखर इन्स्योरेन्समा पठाउनुपर्ने हुन्छ । तर, कम्पनीहरूले प्राप्त केही आवेदनमा पूरा कागजपत्र पूरा भए/नभएको यकिन नै नगरी पुलमा पठाएको समितिको अनुमगनले देखाएको छ।

फलस्वरूप दाबी भुक्तानीमा ढिलाइ भएको समितिको भनाइ छ । अब समितिले कागजपत्र पूरा÷नभएको रुजू गरेर मात्र पुलमा पठाउन निर्देशन दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *