विश्वमा कोरोना : गत २४ घण्टामा ६ लाख ५९ हजार संक्रमित थपिए, १२ हजार ५ सय बढीको मृत्यु

डिसी नेपाल
२६ मंसिर २०७७ ७:०६

काठमाडौं । विश्वभरमा कोरोनाका ७ करोड ६८ लाख १ हजार ५ सय ४९ पुगेको छ। गत २४ घण्टामा थपिएका ६ लाख ५९ हजार ९ सय ४२ गरी संक्रमितको संख्या ७ करोड ६८ लाख बढी भएको हो।

गत २४ घण्टामा १२ हजार बढीले ज्यान गुमाएका छन्। अमेरिकामा २ हजार ८७ सय ७६ ले गत २४ घण्टामा ज्यान गुमाउनु प¥यो। योसँगै विश्वमा ज्यान गुमाउनेको संख्या १५ लाख ८७ हजार ४ सय ६२ पुगेको छ।

कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ। विश्वभरमा हालसम्म ४ करोड ९१ लाख २९ हजार ३ सय ९३ पुगेको छ। भारतमा सबैभन्दा बढी ९२ लाख ९० हजार १ सय ८८ ले कोरोनाको संक्रमणबाट मुक्त भएका छन्।

हालसम्म १ करोड ६० लाख २२ हजार ९ सय ६४ संक्रमित रहेको अमेरिकामा ९३ लाख २८ हजार ८ सय ६९ जनाले कोरोना जितेका छन् भने भारतमा ९७ लाख ९६ हजार ९ सय ९२ कोरोनाका संक्रमित भए पनि ३ लाख ६४ हजार ५ सय ८२ मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन्। अमेरिकामा यो संख्या ६३ लाख ९४ हजार ५ सय रहेको छ।

गत २४ घण्टामा अमेरिकामा २ लाख १ हजार ३ सय ५० जना कोरोनाका संक्रमित भेटिएका छन्। यस्तै ब्राजिलमा ५३ हजार ४ सय २५, भारतमा ३४ हजार ६ सय ६६, टर्कीमा ३० हजार ४ सय २४, र जर्मनीमा २८ हजार १ सय ७९ संक्रमित थपिएका छन्। यसैगरी, रसियामा २७ हजार ९ सय २७, युकेमा २० हजार ९ सय ६४, इटालीमा १६ हजार ९ सय ९९, फ्रान्समा १३ हजार ७ सय ५०, पोल्याण्डमा १३ हजार ७ सय ४९ कोरोनाका संक्रमितहरु थपिएका छन्।

हालसम्म अमेरिकामा २ लाख ९९ हजार, ५ सय ९५, ब्राजिलमा १ लाख ७९ हजार ८ सय १, भारतमा १ लाख ४२ हजार २ सय २२, र मेक्सीकोमा १ लाख ११ हजार ६ सय ५५ जनाको कोरोनाका कारण ज्यान गएको छ। गत २४ घण्टामा मात्र अमेरिकामा २ हजार ८ सय ७६, ब्राजिल र मेक्सीकोमा ७ सय बढी र भारतमा ४ सय ८७ बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *