‘गीत लेख्दा अनुभूत गर्ने हो, अनुभूति भनेको पढाइले, देखाइले र भोगाइले आउँछ’
‘यो सम्झिने मन छ, म बिर्सुँ कसोरी’ यस गितका रचयता दिनेश अधिकारी साहित्यको नक्षत्रका एक अलगै तारा हुन्। नारायणगोपालको श्वरमा रहेको यो गीत जसरी पुस्तौ पुस्तासम्म कालजयी रहेजस्तै साहित्यकार अधिकारी पनि सबैका माझ अविस्मरणीय छन्।
‘सोचेजस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ देखेजस्तो हुन्न जीवन’ अधिकारीले अनुभूतिका आधारमा गीत, कविता र काव्य लेख्ने गरेको बताउँछन्। कुनै कुरा देखेर, पढेर अनुभूत गर्ने र अनुभूतिका आधारमा कलम चलाउने अधिकारीको जीवन सोचेजस्तै भयो।
आफूले पढ्ने विद्यालयमा पुरस्कारका लागि साहित्य रचना गरेका अधिकारीले करिव २ दर्जन पुरस्कार तथा सम्मान माथि अधिकार जमाएका छन्।
२०५६ सालमा मदन पुरस्कार पाएका अधिकारीले रत्नश्री स्वर्ण पदक (२०३८, रेडियो नेपालमा सर्वश्रेष्ठ गीतकार (२०४०, राष्ट्रिय प्रतिभा पुरस्कार (२०५६), नारायण गोपाल स्मृति सम्मान (२०७५) लगायतका थुप्रै पुरस्कार अधिकारीकै नाममा रहेका छन्।
उनका आधुनिक गीतका संग्रहहरु भावनाका मातहरु, सुख दुःख, बोलबोल पाखाहरु, यात्रा, अनुभूति र शब्द रहेका छन् भने, राष्ट्रिय भावनाको देशको गित एल्बम पनि बजारमा रहेका छन्।
अधिकारीका कविता संग्रहहरु अन्तरका छिटा, धर्तीको गीत, आदिम आवाज, अतिरिक्त अभिलेख र सिमान्त सपना रहेका छन्। यस्तै, इन्द्र जात्रा काव्य संग्रह रहेको छ भने मोड अफ लाइफ अंग्रेजीमा अनुवादित कविता संग्रह हो। यस्तै उहाँको हिन्दीमा संवेदना के स्वर कविता संग्रह अनुवादित भएको छ।
नेपाल सरकारको सचिव पदबाट अवकाश भएका कवि अधिकारीसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेकाे कुराकानीको सम्पादित अंश :
पहिलो कविताको परिकल्पना कसरी गर्नु भएको थियो? पहिलो पटक मनमा कविताका हरफहर गुथ्ने र त्यसलाई कागजमा उतार्ने काम गर्दा यहाँको मन मस्तिष्क र विचारले कसरी समन्वय गरेको थियो?
बडो गाह्रो कुरो के छ भने पहिलो पटक कविता मैले लेख्दा खेरी मा ३/४ कक्षाको विद्यार्थी थिएँ। पुरस्कार पाइन्छ भन्ने आकर्षणले कविता लेखेको थिएँ। त्यो कविता लेख्दा खेरी त मन मस्तिस्क र विचारको समन्वयनको कुरा त अहिले भन्न सक्ने अवस्था नै छैन। पहिलो कविता लेख्दाको कुरा मेरो यति नै हो। तर, पहिलो कविता मेरो ३२ सालमा पहिलो कविता छापिएको थियो।
त्यति बेलासम्म पनि एउटा रहरले नै कविता लेख्ने गरेको हो। गम्भिरताका साथ, तपाईँलाई प्रश्नमा सोध्नु भएजस्तो मन, मस्तिष्क र विचारको समन्वय कुनै न कुनै रुपमा त भयो होला। तर, गम्भिरता भन्ने त्यो बेलासम्म पनि थिएन कि जस्तो लाग्छ। पहिलो कविता प्रकाशित हुँदासम्म पनि रहरले कविता लेखेको थिएँ।
यहाँले ‘यो सम्झिने मन छ, म बिर्सु कसोरी’ भन्ने कालजयी गीत लेख्नु भएको छ। नारायण गोपालले गाउनु भएको उक्त गीत पछिल्लो पुस्तासम्मका लागि पनि कालजयी बन्नेमा दुई मत छैन। यो गीत कहिले र कस्तो अवस्थामा रचना गर्नु भएको थियो?
मलाई सम्झना भएसम्म २०४० सालमा यो गित लेखेको हुँ। त्यतिखेर म भरखरै कलेज सकेको अवस्थामा थिएँ। कलेजमा मेरा समकालीन साथीहरु प्रेमका कुरा गर्थे, पिरतीका कुरा गर्थे, सँगै विछोडको कुरा पनि गर्थे।
र, मलाई बिर्सिदेउ भन्ने भाषा चलन चल्तीमा थियो। अनि मलाई लाग्यो कसैले कसैलाई बिर्सिदेउ भन्दैमा बिर्सिन सम्भव छ त? मलाई यो कुरा सोच्दा सोच्दै गीत लेख्न पुगे छु।
गीतमा कलम चलाउँदा आफ्नो भोगाई लेखिन्छ भन्ने सामान्यतः सबैको बुझाइ छ। आफूले प्रेम गरेको मान्छेलाई बिर्सिनु पर्दाको पीडा गस्तमा लेख्नु भएको हो त?
गीत लेख्दा अनुभूत गर्ने हो। अनुभूति भनेको पढाईले, देखाइले र भोगाइले आउँछ। यहाँको जुन आशय छ त्यो होइन। मैले भोगेको कुरा अनूभुत गरेको हुँ। आफू प्रेममा परेर लेखेको भने होइन।
यहाँले गीतहरुलाई धेरै लेख्नु भएको छ। अहिले युट्युवको जमाना छ। यहाँको गित मेरो युट्यूवको लागि दिनु पर्यो भन्नेहरु आउछन् कि आउँदैनन्?
हाम्रा गीतहरु पनि यूट्युवमा गएको मैले प्रसस्त सुनेको छु। तर, मसँग अनुमति लिएर युट्यूवमा गीत प्रयोग गरिएको छैन। कतिपय अशुद्ध रुपमा गाइएको छ। कतिपय संगीत र शब्दहरु तोडमोड भएको अवस्था छ। त्यसकारण मलाई यो प्रक्रियालाई दुःखद रुपमा मैले लिइरहेको छु। युट्यूवले श्रष्टाको अनुमति बिना नै गीतहरु राखिदिनाले विकृति आएको अनुभूत मैले गरेको छु। मसँग यदाकदा भन्नु पनि हुन्छ।
हामी गाउँछौं भनेर, मैले जतिलाई अनुमति दिएँ, सबैलाई गीतको मौलिकता नमासिने गरी गाउने अनुमति दिएको छु। युट्यूवमा राख्नु पूर्व मैले गीत सुन्न पाउनुपर्छ भन्दा उहाँहरु सम्पर्कबाट बाहिर नै रहनु भएको छ। त्यसैले युट्युुवले ल्याएको सुविधासँगै त्यसको विकृतिको पाटोहरु पनि सँगसँगै सम्झिनु पर्ने आवश्यक्ता मैले देखेको छु।
गीत युट्यूवमा राखिएको कुरा स्वीकार गर्नु भयो। अनुमति लिएका छैनन् पनि भन्नु भयो। यहाँले कहिलै कपिराइटको कुरा गर्नु भएको छ कि छैन?
नेपाल सरकारको प्रतिलिपी अधिकार कार्यालयमा केही गीतहरुको उदाहरणसहित लेखेर कारवाहीको लागि निवेदन दिएको पनि छु। कतिपय सामाजिक सञ्जालका माध्यामबाट अनुरोध गरेको पनि छु। यसो नगरिदिनु होला भनेर। तर, त्यो सबैलाई व्यवास्ता गरिएको अवस्था छ र एक किसिमले पीडामा म छु।
मलाई बिर्सिदेउ भन्ने भाषा चलन चल्तीमा थियो। अनि मलाई लाग्यो कसैले कसैलाई बिर्सिदेउ भन्दैमा बिर्सिन सम्भव छ त? मलाई यो कुरा सोच्दा सोच्दै गीत लेख्न पुगे छु।
कतिपय ठाउँमा ‘यो सम्झिने मन छ, म बिर्सु कसोरी’लाई पनि शब्द र स्वर नारायण गोपालकै भएको भनिएको छ। यो एउटा चर्चित गीत भएका कारण सबैले चाँडै बुझ्छन् भनेर भने, यस्ता गीतहरुको लिस्ट तयार पार्दा त ठूलै हुन्छ। इश्वर आमत्यले गाउनु भएको ‘लैजा चरी’, अर्को गीत ‘सोचजस्तो हुन्न जीवन’ यी उदाहरणहरु हुन्।
नेपाल सरकारको सचिव जस्तो गरिमामय पदबाट अवकाश पाउनु भयो। आफ्नो कर्म र साहित्यलाई सँगै लैजान कतिको गाह्रो अफ्ठेरो भयो?
हामीले लेखिरहँदा पञ्च्यायत काल थियो। त्यतिबेला अभिव्यक्ति स्वतन्त्रतामा समस्या थियो। अथवा भनौं, पूर्णरुपमा अभिव्यक्ति स्वतन्त्रता थिएन।
प्रकाशनका लागि केही तरिकाहरु अपनाउनु पथ्र्यो। तर, त्यो बाहेक अरु किसिमको अफ्ठेरो मलाई किन भएन भन्दाखेरी मेरो लेखको सम्बन्धमा मेरो जागिरले उर्जाको काम गर्यो। र जागिरका लागि लेखनले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्यो। लेखन र जागिर परिपूरक जस्तै भएका थिए।
जुन जागिरका कारण मैले देश विदेशको भाषा, साहित्य, संस्कृति, रहनसहन र जीवनलाई देख्ने, भोग्ने र अनुभव गर्ने मौका पाएँ। जागिर आफ्नो ठाउँमा थियो। त्यो मेरो व्यवसायिक विषय भयो। व्यवसायिक विषयसँगै मान्छेमा शोख हुन्छ। लेखन मेरो शौख थियो। जागिर र साहित्य कहिलै पनि एक अर्काका प्रतिस्पर्धी रहेनन्। बरु दुवैले मलाई परस्परमा सहयोग गरे।
पञ्च्यायत, राजतन्त्र र गणतन्त्र गरी तीन प्रकारका व्यवस्थामा यहाँले कलम चलाउनु भएको छ। उतिबेलाको लेखाई र अहिलेको लेखाईमा कतिको फरक अनुभूति गर्नु भयो?
खासगरी २०४६ साल भन्दा अगाडि स्वतन्त्रता कुण्ठित थियो। त्यो बेलामा लेख्ने भनेको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नै बढी लेखाइ हुथ्यो। न्याय र समानताका कुरा हुन्थे। तर, गणतन्त्र आइसकेपछिको कुरा गर्नु हुन्छ भने मैले देखेको नेपाली सहित्य सामाजिक स्वर हो।
विविधता युक्त ढंगबाट साहित्यमा अभिव्यक्ति भएको छ। जस्तो, जनजातिका रीति परम्पराहरु, उनीहरुका कुराहरु, उजागर भएर आएका छन् र त्यसले साहित्यमा नयाँ सुन्दरता थपेको छ। पहिले पनि र अहिले पनि लेख्ने त आखिर जीवन हो जगत हो। त्यसमा परिवर्तन छैन। लेखाइको स्वरुप र ढंगमा परिवर्तन छ। त्यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन छ।
लेखेर जीवन यापन हुन सक्दैन। तर केही श्रष्टाहरु हुनुहुन्छ, जा लेखनलाई नै जीवन यापनको माध्यायम बनाउनु भएको छ र उहाँहरुले जीवन यापन गरिराख्नु पनि भएको छ। तर, त्यो प्रतिशत अन्यन्तै नगन्य छ। र अहिले पनि पूर्ण रुपमा लेखककै हैसियतमा जीवन विताउछु भन्दाखेरी अहिले त्यो सम्भव छ की छैन मैले भन्न सक्दिन।
२०३८ सालमा म र मेरो साथी विष्णुजीले एउटा समय शिर्षकको कविता लेखे वापत हामीलाई सबैभन्दा ठूलो राजकाज मुद्दा लागेको थियो। अहिले अभिव्यक्ति स्वतन्त्रताको अवस्थामा छौं त्यसैले लेखेकै भरमा मुद्दा लाग्नु पर्ने, सामान्य अवस्थ छैन। त्यो अहिलेको सकारात्मक पक्ष हो। तर, स्वतन्त्रता र लेखको कुरा के हो भने, आत्मस्वयमता भने गुमाउनु हुँदैन। अहिलेको लेखनले आत्मस्वयमता गुमाएको हो की भन्ने पनि कहिले कहाँ लाग्छ।
यहाँको कविता संग्रह ‘सम्वेदना के स्वर’लाई भारतको प्रकाशन संस्थाले हिन्दी भाषामा पनि प्रकाशन गरेको छ। ‘मोड अफ लाइफ’ अंग्रेजीमा पनि प्रकाशित भएको कृति हो। यी दुई भाषाका पाठकहरुको प्रतिक्रिया कस्तो पाउनु भयो?
हिन्दी भाषाको साहित्य हामीले धेरै पढ्छौं। तर, नेपाली भाषाको साहित्य हिन्दीमा प्रसस्त थिएन। त्यो अवस्थामा भारतको ठूलो प्रकाशन गृह राज कमल प्रकाशनबाट छापिएको पहिलो नेपाली साहित्य पुस्तक मेरो संवेदनाके स्वर थियो।
यो सन् २०१५ साल तिरको कुरा हो। त्येतिबेला त्यहाँका पत्रपत्रिकाहरुले छिमेकी देशको साहित्यलाई हिन्दी भाषिले पढ्ने अवसर प्राप्त भएको र यसले हिन्दी र नेपाली साहित्यबीचको अन्तरसम्बन्धलाई प्रगाढता दिने भन्ने किसिमको टिप्णी आएको थियो।
कतिपयले त त्यो किताब पढीसकेपछि सकारात्मक प्रतिक्रिाया पनि दिनु भएको थियो। भने, अंग्रेजी भाषामा अनुवाद भएको कविता संग्रह, मेरो साथि रविन शर्माले अनुवाद गर्नु भएको हो।
यो कृति अनुवाद गर्दा सुरुवमा त्यति ठूलो सोच थिएन्। नेपाली साहित्य पढ्छु भन्न आउँदा विदेशी पाठकहरुलाई केही पनि भएन भन्ने ढंगबाट यसलाई प्रकाशन गरिएको थियो र अहिले चाहीँ, राम्रो प्रतिक्रिपा पाएको छु।
यहाँले कलम चलाउदाँ आनन्द आउने विधा कुन हो ?
मैले सोझो हिसाबले भन्दा म कविता लेख्छु भन्छु। कविताको एउटा रुप काव्य हो। अर्को रुप गीत हो। मैले कविता काव्य र गीत नै मुलरुपमा लेख्ने गरेको छु। त्यसैले कविता लेख्दा आनन्द आउँछ। लेख्दै गर्दा यो विषयवस्तु गीतमा लेख्दा प्रभावकारी हुन्छ कि?
जनजातिका रीति परम्पराहरु, उनीहरुका कुराहरु, उजागर भएर आएका छन् र त्यसले साहित्यमा नयाँ सुन्दरता थपेको छ। पहिले पनि र अहिले पनि लेख्ने त आखिर जीवन हो जगत हो। त्यसमा परिवर्तन छैन। लेखाइको स्वरुप र ढंगमा परिवर्तन छ। त्यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन छ।
अथवा यसमा कविता लेख्दा राम्रो हुन्छ की भनेर आफैसँग लेखाजोखा गर्छु। र जुन विधामा उक्त विषयवस्तुलाई न्याय दिन सक्छु जस्तो लाग्छ त्यही विषयलाई त्यही विधामा लेख्ने गर्छु। कहिले गीत हुन्छ त कहिले कविता हुन्छ। अनि कहिलै काव्य हुन्छ।
अवकाश भएपछि पनि लेख्ने काम जारी नै छ?
मैले जागिरबाट अवकास लिएपछि पनि मेरा करिव १ सय भन्दा धेरै गितहरु रेकर्ड भइसकेका छन्। अरु विधाहरुमा पनि कलम रोकिएको छैन जारी नै छ।
महाकवि लक्ष्मिप्रसाद देवकोटाले सबै कृतिहरु जलाए पनि मेरो मुना मदन नजलाउनु भन्नु भएको थियो। यहाँलाई आफूले लेखेको कुन कृति यस्तो लाग्छ जुन शेष पछि पनि जीवित राखोस?
सिर्जनाको तागतले जुन रहला त्यही रहोस्। यो विषयमा मेरो विषेश भन्नु छैन। किन भने म देवकोटाको छेउछाउमा पर्न सक्ने क्षमताको मान्छे पनि हैन र मसँग त्यो भन्ने हैसियत पनि छैन।
लेख्दै जाँदा एउटा रुप कविता बन्छ, अर्को गीत बन्छ भन्नु भएको छ। साहित्य लेखन कसरी सुरुवात हुन्छ ?
मैले पहिलेनै बोलेको कुरालाई सापटी लिन चाहेँ। लेख्ने कुरा भनेको अनुभूत हो। यो पढेर, देखेर, भोगेर अनुभूत गरिन्छ। त्यो अनुभूत भइसकेपछि मात्रै त्यसलाई कुन स्वरुपमा सोच्ने भनेर स्वरुप सोच्ने हो। तर, सबैभन्दा पहिला त अनुभूत नै हुनुपर्छ। म सबैभन्दा बढी महत्व अनुभूतिलाई नै दिन्छु।
पढाइको कुरा गर्दा कहिले काठमाडौं त कहिले सर्लाहीबाट अध्ययन गरेको पाइन्छ। यस्तो किन भयो होला ?
म काठमाडौंमा जन्मे। मेरो सर्लाहीमा पनि घर थियो। कहिले काठमाडौंमा बस्ने र कहिले सलार्ही बस्ने भयो। जहाँ बसे घरमा बसेँ। अर्को कुरा त्येतिखेर अहिलेजस्तो विद्यालय परिवर्तन गर्दा कुनै गाह्रो थिएन। म यतिमा भर्ना हुन आएको भनेपछि सिधै भर्ना हुन पाइन्थ्यो। त्यसरी बसाईँको क्रममा मलाई कहिले उता त कहिले यता भएको हो।
लेखेरै मात्र जीवन चलाउछु भन्नु सम्भव छ ?
सरदरमा कुरा गर्दा लेखेर जीवन यापन हुन सक्दैन। तर केही श्रष्टाहरु हुनुहुन्छ, जा लेखनलाई नै जीवन यापनको माध्यायम बनाउनु भएको छ र उहाँहरुले जीवन यापन गरिराख्नु पनि भएको छ। तर, त्यो प्रतिशत अन्यन्तै नगन्य छ। र अहिले पनि पूर्ण रुपमा लेखककै हैसियतमा जीवन विताउछु भन्दाखेरी अहिले त्यो सम्भव छ की छैन मैले भन्न सक्दिन।
किन भन्न सक्दिन भने व्यवसायका हिसावले जागिरमा रहेँ। रुचिले लेखेँ। त्यसैले मलाई लेखनकै आधारमा जीवन यापन गर्नुपर्ने आधार नभएकाले मसँग त्यो अनुभव छैन। तर, म के भन्न सक्छु भने, अहिलेपनि हाम्रो बजार जुन छ। हाम्रो क्रयशक्ति जुन छ, र हाम्रो पठन संस्कृति जुन अवस्थामा छ, यो सबै कुरालाई मध्यनजर गर्दा लेखेरै राम्रोसँग जीवन यापन गर्छु भन्ने कुरो ज्यादै कठिन छ।
यहाँ त राजनीतिशास्त्रमा एमए गर्नुभएको व्यक्ति, राजनीतिमा नआएर साहित्यमा आउनु भयो। राजनीतिककर्मी किन बन्नु भएन? पढ्ने विषय र साधना कर्म बीचको फरक के हो?
म कानुनको विद्यार्थी हुँ। कानुनमा स्नातक सकाएपछि स्नातोकत्तर गर्न मनलाग्यो। नेपालीमा स्नातोकत्तोर गर्न चाहन्थेँ। तर, त्रिभुवन विश्वविद्यालयको नियमले कानुन पढेको मान्छेले सोझै स्नातोकत्तोर गर्नलाई राजनीतिशास्त्रमा मात्र गर्न पाइन्थ्यो। त्यसैले मसँग विकल्प नभएर राजनीति शास्त्र पढेको हुँ।
हामीकहाँ योग्यतालाई प्रमाणपत्रमा नाप्ने चलन छ। हामीले प्रमाणपत्रमा नापिनका लागि पनि कहिलेकाहीँ, अरुची भएपनि, असम्बन्धित भएपनि एउटा डिग्री लिनुपर्ने बाध्यता हुन्छ। त्यही बाध्यता हो मेरो राजनीतिक शास्त्रको स्नातोकत्तोर।
साहित्यकार बन्ने प्रेरणा कसरी सुरु भयो भन्दा के भन्नु हुन्छ?
सबैभन्दा पहिला आफ्नो रुची हो। विभिन्न चरण भएपनि ती चरणहरुको पहिलो पाइला रुची नै हुने गर्छ। मेरो रुचीलाई मेरो घरपरिवार र साथीभाइले रुचाउनु भयो। त्यसपछि लेख्दै जाँदा मेरा पाठकहरुले रुचाएको अनुभव भयो।
रुची बढ्दै गएपछि २०३६ सालको सडक क्रान्ति कवितापछि मैले गम्भिरताका साथ साहित्यमा लागेँ। र त्यसमा कुनै एउटा कुरामात्र प्रेरणाको स्रोत छैन। अलिकति मेरो परिवार, साथीभाइ, मेरो रचनालाई छापिदिने सम्पादकहरु र सबैभन्दा धेरै मेरा रचना पढिदिने पाठकहरुको प्रेरणाका कारणले म सायद लेखनमै निरन्तर रहेँ।
साहित्यकार बन्न इच्छाराख्ने नयाँ पुस्ताका लागि केही क्याप्सुलहरु छन् कि!
साहित्य सिकाईका क्याप्सुलले सिकिने विषय होइन। भनेर पनि गरिँदैन। आफूले आफैलाई प्रतिस्पर्धी बनाएर अगाडि बढ्ने विधा भएका कारण क्याप्सुलहरुले काम गर्छ जस्तो लाग्दैन। मेरो अनुभवले के भन्छ भन्ने कुरामात्र सेयर गर्न चाहन्छु।
खुब पढ्नु पर्छ। मनन गर्नु पर्छ। लेख्न थाल्दा इमान्दार हुनुपर्छ र अरुभन्दा आफूलाई फरक ढंगमा प्रस्तुत गर्न प्रयत्न गर्नु पर्छ।
साहित्यको चास्निमा डुबुल्की मार्दाका फाइदा र बेफाइदा के के हुन्?
फाइदाहरु,
१) मान्छेलाई एक्लो हुन दिँदैन।
२) लेखेको कुरा जव पाठकले आत्मसाथ गर्नु हुन्छ। तब, पाठकबाट प्राप्त मायाले जीवनलाई साहै्र, सुखि बनाउँछ।
३) मान्छेका विभिन्न शौखहरु हुन्छन्। मेरो पनि यो शौख हो। केही शौखले परिवार वा व्यक्तिलाई नोक्सान गर्छन् भने साहित्यले कसैलाई केही नोक्सान गर्दैन।
बेफाइदा
१) मैले परिवारलाई दिनुपर्ने समय उनीबाट चोरेँ भन्ने कहिले कहिले लाग्छ। उनीलाई बेइमान गरेर समय साहित्यकालागि खर्च गरेँ ीि भन्ने कहिले काहीँ लाग्छ।
पाठकहरुलाई केही भन्नु छ कि?
हरेक सर्जकको पुग्ने अन्तिम ठाउँ पाठक हो। पाठक लेखनको केन्द्रविन्दुमा हुनुहुन्छ जहिले पनि। आफै पनि पाठक भएकाले सर्जक र सृजनालाई गर्ने माया गरिरहनु पर्छ जस्तो लाग्छ। याहाँहरुको मायाले नै सर्जकको सिर्जनाले जीवन पाउँछ।
Facebook Comment