विश्वमा काेराेना : ७ कराेड २० लाख बढी संक्रमित, १६ लाखले ज्यान गुमाए, ५ कराेड बढी निकाे भए

डिसी नेपाल
२८ मंसिर २०७७ ७:३७

काठमाडौं । विश्वभरमा कोरोनाका ७ करोड २० लाख ८९ हजार ७ सय ६२ पुगेको छ। गत २४ घण्टामा थपिएका ६ लाख ३५ हजार ५ सय ६८ गरी संक्रमितको संख्या ७ करोड २० लाख बढी भएको हो।

गत २४ घण्टामा १० हजार बढीले ज्यान गुमाएका छन्। अमेरिकामा २ हजार ३ सय ९ ले गत २४ घण्टामा ज्यान गुमाउनु प¥यो। योसँगै विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख १० हजार ८ सय २० पुगेको छ।

कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ। विश्वभरमा हालसम्म ५ करोड ४ लाख ८० हजार ६ सय ७६ पुगेको छ। भारतमा सबैभन्दा बढी ९३ लाख ५६ हजार ८ सय ७९ ले कोरोनाको संक्रमणबाट मुक्त भएका छन्।

हालसम्म १ करोड ६५ लाख ४९ हजार ३ सय ६६ संक्रमित रहेको अमेरिकामा ९६ लाख ४४ हजार ३ सय २५ जनाले कोरोना जितेका छन् भने भारतमा ९८ लाख ५७ हजार ३ सय ८० कोरोनाका संक्रमित भए पनि ३ लाख ५७ हजार ४ सय ४६ मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन्। अमेरिकामा यो संख्या ६५ लाख ९९ हजार ९ सय ५९ रहेको छ।

गत २४ घण्टामा अमेरिकामा २ लाख २० हजार २ सय ९८ जना कोरोनाका संक्रमित भेटिएका छन्। यस्तै ब्राजिलमा ४४ हजार २ सय ८२, भारतमा ३० हजार ३ सय ५४, टर्कीमा २९ हजार १ सय ३६, र जर्मनीमा २१ हजार ८ सय १६ संक्रमित थपिएका छन्। यसैगरी, रसियामा २८ हजार १ सय ३७, युकेमा २१ हजार ५ सय २, इटालीमा १९ हजार ९ सय ३, फ्रान्समा १३ हजार ९ सय ४७, पोल्याण्डमा ११ हजार ४ सय ९७ कोरोनाका संक्रमितहरु थपिएका छन्।

हालसम्म अमेरिकामा ३ लाख ५ हजार ८२, ब्राजिलमा १ लाख ८१ हजार १ सय ४३, भारतमा १ लाख ४३ हजार ५५, र मेक्सीकोमा १ लाख १३ हजार १९ जनाको कोरोनाका कारण ज्यान गएको छ। गत २४ घण्टामा मात्र अमेरिकामा २ हजार ३ सय ९, ब्राजिल र मेक्सीकोमा ६ सय बढी र भारतमा ३ सय ९३ बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *