पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, हवाई इन्धन र ग्यासको मूल्य यथावत

डिसी नेपाल
२८ मंसिर २०७७ १३:५५

काठाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ। निगमले शनिबार रातिबाट लागु हुनेगरि प्रतिलिटर डिजेल र मटीतेलमा दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको हो।

निगमका अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ८ रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मटीतेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ पुगेको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा पनि मूल्य बढाएइएको निगमले जनाएको छ। हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएकोे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *