२ सय रुपैयाँको विवादमा छिमेकीमाथी बन्दुक प्रहार
काठमाडौं । सिन्धुलीमा छिमेकीलाई लक्षित गरी भरुवा बन्दुक पड्काएको अभियोगमा गगन बहादुर वाईबालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
कमलामाई नगरपालिका ८ भुवनचोक बस्ने ३१ वर्षीय पञ्च बहादुर तामाङले गगनलाई तिर्नुपर्ने ८ सय रुपैयाँ तिर्नका लागि छिमेकी २२ वर्षीय पञ्चमान बाइबालाई १ हजार रुपैयाँ दिई पठाएकोमा उक्त रकम दिई बाँकी नगद २ सय रुपैयाँ फिर्ता माग्दा पञ्चमान र गगनबीच भएको विवादमा गगनले भरुवा बन्दुक पड्काउँदा पञ्चमानकी छोरीलाई छर्रा लागेर घाइते भएकी थिइन् ।
खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले गगनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।
प्रतिक्रिया
Facebook Comment