सेयर बजारमा सामान्य सुधार नेप्से परिसूचक २ हजार नाघ्यो
काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार कारोबारो मापक नेप्से परिससूचक झिनो अंकले बढेको छ। नेप्से परिसूचक बिहिबारको तुलनामा ४६ दशमलव ४३ अंकले बढेर २०१० दशमलव ४५ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आइतबार २ सय ३ कम्पनीको ९० लाख ५० हजार १६ कित्ता सेयर खरिद बिक्रि हुँदा ४ अर्ब ८९ करोड ९४ लाख बराबरको कारोबार भएको छ। आइतबार नेपाल लाइफ इन्सोरेन्स कम्पनीको सबैभन्दा बढी ६७ करोड १ लाख माथीको कारोबार भएको छ।
प्रतिक्रिया
Facebook Comment