सबै दलका युवा कार्यकर्तालाई अबको सवाल–माहुरी बन्ने कि अरिंगाल?
‘मेरी माया साह्रै नै राम्री, राम जाने!’ अचानक डेढ दशकअघिको नेपाली गीत मेरो वासस्थान नजिकै रोकिएको अमेजन प्राइमको उपभोग्य सामग्री बितरण वाहनबाट आउँदा साह्रै खुसी लाग्यो र दौडिँदै गएँ। चालक नेपाली भाइ रहेछन्।
उत्तरी अमेरिकामा हिउँ परिरहेको थियो, तापक्रम शून्य डिग्रीको आसपास थियो, कोरोनाको कहर फैलिएको थियो, हिमपातबीच पनि ती भाइ घरदैलोमा गई सामग्री पुर्याइरहेका थिए। हाम्रा मेहनती नेपाली दाजुभाइ संसारको हरेक कुनामा मेहनत गरेर पुँजी नेपाल पठाउँछन्।
पश्चिमी म्यासाचुसेत्ट्सको एउटा सानो बस्ती अम्हर्टमा पनि एउटा नेपालबाट विस्थापित भएर आएका युवाले रोजगार पाएका छन्। उनको घर धादिङ रहेछ र उनलाई दुई छाक टार्न मुस्किल पर्दा काठमाडौँ आई केही वर्ष भट्केका पनि रहेछन् उनी।
ती भाइ एकताका जनयुद्धमा पनि होमिएका रहेछन्। झन्डै ज्यान गुम्नबाट बचेका रहेछन्। पछि व्यवस्था त बदलियो, प्रजातन्त्र लोकतन्त्रमा परिमार्जित भयो, समाजवादउन्मुख संविधान पनि बन्यो तर अवस्था परिवर्तन भएन। देशमै रोजगारी गरी जीवन बिताउन गाह्रो भएपछि, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधामा पनि दलाल पुँजीवाद हाबी भएपछि अन्य केही सिप नलागी बिदेसिन बाध्य भएका रहेछन्।
आज परदेशमा भए पनि उनलाई नेपालको राजनैतिक अवस्थाप्रति असन्तुष्टि छ। बिहानै उठी नेपालको समाचार हेर्दा रहेछन्। सामाजिक सञ्जालमा कहिलेकाहीँ आफ्नो भडास् पनि निकाल्दा रहेछन्।
रवीन्द्र मिश्र, रबि लामिछाने, डा गोविन्द केसी, महावीर पुनलाई फलो पनि गर्दा रहेछन्। धेरै निराशाबीच उनलाई देशमा कुनै न कुनै दिन एउटा सक्षम, इमान्दार, र दूरदृष्टि भएको नेतृत्वपङ्ति आउने छ भन्ने झिनो आशा बाँकी छ।
आज आफैंलाई समाजवादी र कम्युनिस्ट भन्नेहरूको मजबुत सरकार पनि दलाल पुँजीवाद, सिन्डिकेट, बिचौलिया र गुन्डाहरूको संरक्षक बनेको छ। हिजो प्रजातान्त्रिक पद्धतिबाट संवृद्धि आउँदैन भनी युवालाई बन्दुक भिराउने आज गाडीमा अनि बाँचेका बन्दुक भिर्ने खाडीमा भासिएका छन्।
हो! आज एक तिहाइ जनता, ८० लाख युवा भोट नै नचल्ने स्थानमा छन्। तिनकै नोट चल्ने तर भोट नचल्दा आज निर्वाचनहरूमा नौला, दक्ष र इमानदारअनुहार उदाउन सकेका छैनन्। आज विदेशको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा र सुशासन प्रत्याभूत गर्ने सरकार देखेपछि नेपालका यी मुकुन्डाधारी परम्परागत राजनीतिज्ञलाई अनुमोदन गर्ने त प्रश्नै आउँदैन!
त्यसैले अहिले विदेशमा पसिना बगाई नेपालको अर्थतन्त्र चलाउने पुँजी विप्रेषित गर्ने युवाको मताधिकार सुरक्षित गर्न सर्वोच्चको आदेशसमेत मान्ने पक्षमा आजका ठूला भनिएका दल छैनन्। विप्रेषित पैसा भ्रष्ट नेता र आसेपासेका खल्तीमा जाँदा दुख लाग्छ। हामी प्रवासमा भएका नेपाली युवाको नोट चल्ने तर भोट नचल्ने अवस्था कहिले सम्म रहने?
यो सब निराशा चल्दै गर्दा केही नागरिक अभियानहरूको नामको नयाँ बोतलमा पुरानै राजतन्त्र र धार्मिकताको रक्सी बेच्न प्रतिगमनवादी तत्त्वहरू युवाहरूलाई फेरि भड्काउने प्रयास गर्दै छन्। आफ्ना स्वार्थपूर्तिका लागि जाति, धर्म, प्रदेश अनि वर्गको नाउँमा विभिन्न गुटले फेरि आज युवालाई भड्काउने प्रयास गर्दैछन्।
तर एक व्यक्ति या समूहको स्वार्थपूर्ति गर्न साढे ३ करोड जनताको वर्षौँको संघर्षले संस्थागत गरेको लोकतन्त्रलाई तिलाञ्जली दिने प्रश्न नै आउँदैन। यो कुराले ती लडाकू युवाको मन पनि पिरोलिएको पाएँ।
यादरहोस्, जबसम्म जनता चेतना शून्य ‘लास’ बनिरहन्छन् हिन्दु राजा आए तिनले नै जलाउने छन्, होली वाइन खाने शासकले गाड्ने छन्। हामी अनेक वादका नाउँमा धेरै जलाइयौँ, गाडियौ, झुन्ड्याइयौँ, गोली ठोकियौँ। भयो पुग्यो अब बलीका बोका नबनौँ! जागौँ! फेरि राजा चाहियो भन्नेहरूलाई निरंकुश राणाकाल र निर्दलीय पञ्चायत व्यवस्थाले किन देशमा समृद्धि ल्याएन त भनेर सोधौँ।
राजा आए के फेरि कमल थापालाई प्रधानमन्त्री बनाउने? कि पशुपति शमशेर? पहिले हलो कि गाई, अदक्षमा कतिजना दाजुभाइ भन्नेमा त सहमत हुन् अनि ठूला कुरा गर्नु!
हो! हामी नेपालीलाई विभिन्न जहानीयाँ शासनले इतिहास (र वर्तमानको) विभिन्न कालखण्डमा प्रताडित गरे। राज्य शक्तिको दुरुपयोग गरी सरकारी ढुकुटीको दोहन गरे। एकचोटि सत्तामा पुगेका परिवारका सदस्यहरू प्राय सबै अरबपति छन् आज! जहानीयाँ शासनहरूको अन्त्य त भयो तर तिनकै सन्ततिहरूको सेना, प्रहरी , व्यापारदेखि दलालीसम्म हाली मुहाली छ।
यो सबबाट विरक्त भई तन्नेरी गोठाला लाहुर पसे। केही दशकअघि ‘बुर्जुवा शिक्षा’ छाड भनेर समाजवादी खोक्रा झोला बोकेर पछि शिक्षा र रोजगारीबाट वञ्चित भएको इतिहासबाट आजका युवाले विभिन्न वाद र दलहरूका दलदलमा नपरी स्वतन्त्र उद्यम नगरी समृद्धि आउँदैन भन्ने बुझ्न जरुरी छ।
आज आफैंलाई समाजवादी र कम्युनिस्ट भन्नेहरूको मजबुत सरकार पनि दलाल पुँजीवाद, सिन्डिकेट, बिचौलिया र गुन्डाहरूको संरक्षक बनेको छ। हिजो प्रजातान्त्रिक पद्धतिबाट संवृद्धि आउँदैन भनी युवालाई बन्दुक भिराउने आज गाडीमा अनि बाँचेका बन्दुक भिर्ने खाडीमा भासिएका छन्।
भ्रष्टाचारको हँसियाले सत्ताको खसी काटेर सुख सुविधारूपी कलेजो, टाउको विदेशी होली वाइनसँग आफैँ पचाइ जनतालाई आन्द्रा भुँडी पखाल्न लगाई दुई डाडु झोल दिई फकाएको धेरै भयो। जागौँ अझै जनता वादका नाममा बली को बोका कहिलेसम्म?
आफ्नो सत्ता हासिल गर्न या आफ्नो नाता कृपावादी दलाल पुँजीवादी शासन चलाई राख्न खोक्रो राष्ट्रवादी भेडाको छालाभित्र लुकेका उग्र वामपन्थी र उग्र दक्षिणपन्थी ब्वाँसाहरूको समयमै पहिचान गरौँ।
३० वर्षअघि मण्डलेहरूको हलो तारे र मालेले भाँचे। तर गाउँघरका खेत जोत्नु साटो तारे-माले आफैँ लड्दा बारी बाँझा रहे। संवृद्धिको खेतीलाई कहिले रुखले ओझेल पार्यो त कहिले सूर्यले सुकायो। अलिअलि बाँकी रहेको हँसियाले काटेर लगे।
यो सबबाट विरक्त भई तन्नेरी गोठाला लाहुर पसे। केही दशकअघि ‘बुर्जुवा शिक्षा’ छाड भनेर समाजवादी खोक्रा झोला बोकेर पछि शिक्षा र रोजगारीबाट वञ्चित भएको इतिहासबाट आजका युवाले विभिन्न वाद र दलहरूका दलदलमा नपरी स्वतन्त्र उद्यम नगरी समृद्धि आउँदैन भन्ने बुझ्न जरुरी छ।
नेपाल कृषिप्रधान देशभन्दै गर्दा दुई दशकअघि कृषिमा नेपालीको ६० प्रतिशतभन्दा बढी प्रत्यक्ष‑परोक्ष रोजगारी जोडिएको थियो, जुन एक दशकअघि ५० प्रतिशतभन्दा कम हुँदै, पाँच वर्षअघि ३३ प्रतिशत हुँदै २०७४ मा २६ प्रतिशतमा झरिसकेको छ। हो यो दशकमा कृषिको वातावरण असहज बन्दै गयो र वैदेशिक रोजगारीमा आकर्षण बढ्दै गयो। तीन दशकमा व्यवस्था बदलिए, अवस्था बदलिएन।
परम्परागत ठूला भनाउँदा पार्टीहरू ७० वर्षका नेता आफूलाई युवा नेता भन्दै गर्दा ती दलहरुमा युवालाई स्थान खै? के युवा आफ्नो नेताले पुल उद्घाटन गर्न पाएन भनेर सडक उद्घाटन गर्न पाएनन् भनेर सडकमा रामचन्द्रका सेनाजस्तो उफ्रिनका लागि मात्रै हो?
नेपाल कृषिप्रधान देशबाट कुर्सी प्रधान देश बन्यो। नेपाली युवाको पसिनाले यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउने अवसर गुम्दै जाँदा उर्वर भूमि बिस्तारै बाँझो भयो। जबकि, नेपाली युवाका पौरखी पाखुराहरूले मरुभूमिमा बगैँचा फलाए, गगनचुम्बी भवन बनाए।
परम्परागत ठूला भनाउँदा पार्टीहरू ७० वर्षका नेता आफूलाई युवा नेता भन्दै गर्दा ती दलहरुमा युवालाई स्थान खै? के युवा आफ्नो नेताले पुल उद्घाटन गर्न पाएन भनेर सडक उद्घाटन गर्न पाएनन् भनेर सडकमा रामचन्द्रका सेनाजस्तो उफ्रिनका लागि मात्रै हो? युवाहरू हनुमान बन्ने कि क्षमतावान्? टायर बाल्न, सडक अवरुद्ध गर्न मात्रै चाहिने हो भातृ संगठन? कि मोटर साइकलमा जसले पेट्रोल भरिदियो उस्कै र्यालीमा जानको लागिमात्र हो?
अब समाधान के त? के हामीले समृद्ध नेपालको सपनाको तिलाञ्जली दिई, हामी देशका लागि केही गर्न सक्दैनौँ या चाहँदैनौँ भन्ने स्विकार्ने? अब युवाहरूले होसियार हुन जरुरी छ। देशमा भ्रष्टाचार, बेरोजगारी मौलाइरहेको बेलामा कतै जागिरका अवसर खुल्ने वित्तिकै राजनीतिक नियुक्ति र नातावादले खुल्ला प्रतिस्पर्धाबाट चयन हुने ढोका बन्द गरिदिन्छन्।
त्यसैले अहिले पहाडका युवा तराई झर्न चाहन्छन्, तराईका काठमाडौँ चढ्न चाहन्छन् भने काठमाडौँका विदेश उड्न चाहन्छन्। यो दक्ष युवा शक्ति पलायन रोक्न केही दिगो नीति र योजनाहरू बनाई तिनको कार्यान्वयन गर्नु आवश्यक छ।
देशमा उद्यमशीलता प्रवर्धन, रोजगारी सृजना, अनि भ्रष्टाचार उन्मुलन गर्न व्यक्तिगत, सामूहिक प्रयासका साथै सक्षम नेतृत्वको पनि आवश्यकता पर्दछ। स्कुल, कलेज, विश्वविद्यालय, गुठी, अस्पताल, अनि अख्तियार दुरुपयोग अनुसन्धानजस्ता संस्थालाई राजनीति अनि विभिन्न दलीय सङ्गठन मुक्त बनाइनु पर्छ। अब दल गत स्वार्थबाट माथि उठी राष्ट्रिय हितको बारेमा सोच्नै पर्छ।
चन्द्रसूर्य झन्डा फहराऊ, फाल साला झोलाहरू
यही पुस्तामा देश बनाऔँ, फाल साला झोलाहरू
उजाड भए उर्वर बारी, विदेश उडे भोलाहरू
अब त अत्ति भो तोड, अरिंगालका गोलाहरू
खेर जान नदेऊ युवाका, रगत–पसिनाका खोलाहरू
यही पुस्तामा देश बनाऔँ, फाल साला झोलाहरू।
केही महिना अघि सडकमा गुन्जिएको इनफ इज इनफ को पुकार र सपनाजस्ता युवाले गरेका कार्यहरूले नेपाली राजनीतिमा युवा नेतृत्वको खाँचो आभास गराउँछ। तर के युवाहरूको स्थान विभिन्न अभियान र वैकल्पिक पार्टीहरूमा मात्रै आरक्षित भएको हो त? यो पुस्ताको राजनैतिक विकल्पको कुरा गर्दा कोभन्दा पनि कस्तो प्रशिक्षण दिने भन्ने महत्त्वपूर्ण कुरा हो।
युवा साथीहरूलाई देशको स्थितिप्रति सचेत भई देश समृद्ध बनाउन रचनात्मक भूमिका खेल्न आग्रह गर्दै छु। युवाले उद्यम नगरे देश समृद्ध हुन्न, आफ्नो सोच नबदली अब देश बदलिन्न। अहिलेका नेतृत्वका अग्रपन्थी नेताहरूलाई व्यवस्था परिवर्तन गर्नमा योगदानको प्रशंसा गर्दै बिदाइ गर्न ढिलो भइसक्यो।
अवस्था नबद्लिनुमा कतै न कतैबाट दक्ष र सक्षम नेतृत्वको अभाव र व्यावहारिक, सीपमूलक मौलिक शिक्षा व्यवस्था नहुनुका नै मुख्य समस्या हुन्। नेपालमा अब यी सबै समस्याको समाधान गर्न सम्भव छैन भन्दै हाम्रो पुस्ताका धेरै युवा निराश भई बिदेसिन थाले। हिजो छोराछोरी र आफन्त विदेश जाँदा माला, खादा लगाएर, भोज, पार्टी गरेर सामाजिक सञ्जालमा तस्बिर र स्ट्याटस रंग्याउनु हामीलाई सामान्यझैँ लाग्न थाल्यो।
आज वैदेशिक रोजगारीमा जान्छु भन्दा जसले पनि ऋण दिन्छ तर आफ्नै गाउँ‑ठाउँमा केही उद्यम गर्छु, फार्म खोल्छु भन्दा लगानीकर्ता भेट्न गाह्रो पर्छ। त्यस्तै विदेश जाने युवालाई धेरै आफ्ना छोरी बहिनीहरूसँग बिहे गर्न र गराउन उद्यत हुन्छन् तर आफ्नै गाउँघरमा गरिखान्छु भन्ने ऊर्जावान् युवा हाँसोको पात्र बन्छन्। त्यसैले, आज नेपालका लाखौँ दक्ष जनशक्ति विदेशमा छ। यो दक्ष जनशक्ति पलायन रोक्न केही दिगो योजना बनाएर तिनको कार्यान्वयन गर्नु आवश्यक छ।
अहिले एकातिर विश्व बजार आर्थिक मन्दीतर्फ उन्मुख हुँदै गर्दा धेरै विकसित देशहरूमा दक्षिणपन्थी र निषेधात्मक सोच राख्ने उग्र राष्ट्रवादी नेताहरूलाई सत्तासीन बनाइरहेको अवस्थामा अर्कोतिर कोरोनाजस्तो महाव्याधिको प्रकोपले विदेशी नागरिकलाई आफ्नै देश जाऊ भन्ने लहर बढ्दो छ। धेरै नेपाली दाजुभाइ विभिन्न कारणवश गाउँ घर फर्किँदै गर्दा एउटा प्रश्न सान्दर्भिक भएको छ‑ विपदमा मात्रै गाउँघर छिर्ने, माटोको ऋण कहिले तिर्ने?
विदेश जाने युवालाई धेरै आफ्ना छोरी बहिनीहरूसँग बिहे गर्न र गराउन उद्यत हुन्छन् तर आफ्नै गाउँघरमा गरिखान्छु भन्ने ऊर्जावान् युवा हाँसोको पात्र बन्छन्। त्यसैले, आज नेपालका लाखौँ दक्ष जनशक्ति विदेशमा छ। यो दक्ष जनशक्ति पलायन रोक्न केही दिगो योजना बनाएर तिनको कार्यान्वयन गर्नु आवश्यक छ।
परदेसिएका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ‑आफ्नै गाउँ‑ठाउँमा प्रयोग मात्र नगरी गाउँमै भएका युवालाई रोजगारीसमेत सिर्जना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ। आफ्नो गाउँ‑ठाउँ आफ्नै पुस्तामा समृद्ध बनाउने साझा सपना बोकेका सबै युवा हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाउन पाए हाम्रो स्थानीय शैक्षिक, आर्थिक र सीपमूलक विकास दिगो हुनसक्छ।
अब परदेसिएका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ‑आफ्नै गाउँ‑ठाउँमा प्रयोगमात्र नगरी गाउँमै भएका युवालाई रोजगारीसमेत सिर्जना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ।
आज सामाजिक सञ्जालको जमाना छ। विदेश बस्ने आफन्त साथीभाइलाई आइफोन, प्ले स्टेसन, डीएसएलआर क्यामेरामात्रै नमागौँ। चन्दा र अनुदानमात्रै दिनुहोस् पनि नभनौँ। ग्रामीण शिक्षा र उद्यमशीलतामा लगानी गर्नुहोस् भनौँ।
‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ भन्ने गीतको सन्देशझैं आउनुहोस् नेपाल फर्की आ–आफ्नै गाउँ‑ठाउँका बाँझा खेतबारीमा उद्यमशीलताको रोपाइँ गरौं। आउनुहोस् गहुँ, मकै लगाऔँ। सुन्तला, कागती, स्याउ, लिची र आँपका बिउ बाँडौँ। हुन त यी बिउ लगाउने सर्वोत्तम समय १० वर्षअघि थियो।
त्यसो गरेको भए आज विषादीयुक्त फलफूल भित्र्याउनु पर्दैन थियो होला। तर, १० वर्ष नेताले संविधान र युवाले कन्सल्टेन्सी धाउनमै बिताए। याद राख्नुहोस्, यी फलफूल लाउने सर्वोत्तम समय १० वर्षअघि भए पनि दोस्रो उत्तम समय आज, अहिले हो।
आज बिऊ रोप्ने पुस्तालाई भोलि फल खाने पुस्ताले धन्यवाद दिनेछ। आज हामीले आफ्नो गाउँ‑ठाउँमा उद्यम गरी स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन सक्यौँ भने भोलि हाम्रा भाइबहिनी, छोरा‑नातिले आफ्नो गाउँ‑ठाउँ छोडी बिदेसिनुपर्ने बाध्यता कम हुनेछ। देश बनाउन एक पुस्ताले त्याग र मेहनत गर्नै पर्छ।
आउनुहोस् उद्यम गरौँ। आफ्नै कर्म भूमिको आँगनमा पसिना बगाऔँ। यो कोरोनाको महाव्याधिको चुनौतीभित्र लुकेका अवसरको पहिचान गरौँ। अब परदेशबाट फर्केका र घर देशमै रहेका युवालाई उद्यमी बनाउन तारे, माले र हलोको विकल्प ट्र्याक्टर, मल, बिउबिजनमा जोड दिनु पर्यो।
अब मकै खाने ‘भालु’ धपाई काम गर्ने ‘कालु’ लाई प्रोत्साहित नगरी देशमा समतामूलक संवृद्धि हाम्रै पालामा सम्भव छैन। धेरैले प्रश्न गर्दै छन् “पार्टीहरूले कार्यकर्ताले उद्यमी बनाउने प्रशिक्षण किन दिँदैनन्?’। सबै युवा कार्यकर्तालाई अबको सवाल–माहुरी बन्ने कि अरिंगाल?
नेपालको जय होस!!
Facebook Comment