आगलागीबाट एक करोड बराबरको क्षति

डिसी नेपाल
२९ मंसिर २०७७ ११:३२

मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिकामा गए राति कपडा गोदाममा आगलागी हुँदा १ करोड बराबरको क्षति भएको छ। वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गरेकाे कपडा पसलमा आगलागी हुँदा १ करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

गए राति १२ः४० बजे कपडा गोदाम र पसलमा आगलागी भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा राति २ः२० बजे आगो नियन्त्रणमा आएको थियो। घरका सामान आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी कसरी भयो भन्ने यकिन हुन सकेको छैन।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *