साताको पहिलो र दोस्रो दिन बढेको नेप्से मंगलबार घट्यो
काठमाडौं। साताको तेस्रो दिन मंगलबार धितोपत्र मापक नेप्से परिसूचक झिनो अकंले घटेको छ।
मंगलबार नेप्से परिसूचक ५ दशमलव ७५ अंकले घटेर २०६१ दशमलव ४१ बिन्दुमा पुगेर बन्द भयो। साताको पहिलो र दोस्रो कारोबारको दिन एक सय अंकले बढेको नेप्से मंगलबार भने घटेको हो।
मंगलबार बैंकिङ, जीवन बीमा र लघुवित्त उपसमुह बाहेक सबै समूहको परिसूचक घटेको छ। नेपाल लाइफको ५२ करोड रुपैयाँको सर्वाधिक सेयर कारोबार भयो।
मंगलबार कारोबारको रकम पनि घटेको छ। २०५ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६ करोड ९३ लाखमाथीको कारोबार भयो। यसअघि सोमबार ७ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो।
प्रतिक्रिया
Facebook Comment