ओली–प्रचण्डबीच भेटवार्ता, स्थायी कमिटीमा प्रधानमन्त्री सहभागी हुने

डिसी नेपाल
१ पुष २०७७ १३:२०

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेको नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

मन्त्रिपरिषदको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गरेपछि प्रचण्डले उक्त अध्यादेश खारेज गर्न माग गरेका थिए।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलमा जारी अध्यादेशका विषयमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको छ।

यसैबीच आजै बस्ने नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पनि सहभागी हुने भएका छन्। यसअघिका बैठकमा सहभागी नभएका ओली आज बस्ने बैठकमा भने सहभागी हुने भएका हुन्।

बैठकमा दुवै अध्यक्षले पेश गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *