नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा

डिसी नेपाल
१ पुष २०७७ १३:४७

काठमाडौं। नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन्।

ओलीले प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता नदिएसम्म आफू बैठकमा सहभागी नहुने अडान राख्दै आएका छन्।
मंगलबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गरेपछि पार्टीभित्रको विवाद झन उत्कर्षमा पुगेको छ।

यसैबीच प्रधानमन्त्रीसमेत रहेको नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। मन्त्रिपरिषदको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गरेपछि प्रचण्डले उक्त अध्यादेश खारेज गर्न माग गरेका थिए।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलमा जारी अध्यादेशका विषयमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *