संसदको विशेष अधिवेशन माग गर्दै नेकपा नेताहरु शितल निवासमा

डिसी नेपाल
१ पुष २०७७ १४:५८

काठमाडौं। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गरेको भोलिपल्ट बुधबार नेकपाका सांसदहरु संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।

केही सांसदहरुको हस्ताक्षरसहित स्थायी कमिटी सदस्यद्वय भीम रावल र पम्फा भुसाल शितल निवास पुगेका हुन्।
अध्यादेशको चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली इतर समूहका नेता संसदको विशेष अधिवेशनको माग गर्दै शितलनिवास पुगेका हुन्।

यसैबीच अध्यादेश र अन्य विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको भेटवार्ता विना निष्कर्ष टुंगिएको थियो।

प्रचण्डले ओलीलाई स्थायी कमिटी बैठकमा सहभागी हुन आग्रह गरेका थिए। तर, जवाफमा ओलीले प्रचण्डले पेश गरेको प्रतिवेदन फिर्ता नलिएसम्म आफू बैठकमा सहभागी नहुने अडान राखेका थिए।  प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएपनि स्थायी कमिटी बैठक प्रभावित भएकाे छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *