थप ७३६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं। बुधबार नेपालमा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८४७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७४३ पुगेको छ।
यस्तै हालसम्म ४५२ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment