महंगो गाडीको सौखिन बन्दै नेपाली, बीएमडब्लुको छोटो समयमै बजार माग बढ्दो

डिसी नेपाल
१ पुष २०७७ १६:३१

काठमाडौं। लक्ष्मी प्रिमियम मोटर्स प्राइभेट लिमिटेड लक्जरी गाडी निर्माण गर्ने जर्मन कम्पनी बीएमडब्लुको नयाँ मोडलको आधिकारिक विक्रेता बनेको छ। कम्पनीले २२ मङसिरमा भर्चुअल कार्यक्रममार्फत आधिकारिक विक्रेता भएको जनाएको हो।

कम्पनीले काठमाडौंको तिनकुनेमा बिएमडब्लुका लागि अत्याधुनिक शोरुमसहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी प्रिमियमले पहिले सब डिलरमार्फत गाडी बिक्री गरेको थियो। सेल्स कन्सल्टेन्ट नवराज तण्डुकारले दिएको जानकारी अनुसार विश्वमा नै मंहगो मूल्य पर्ने तथा विश्व प्रसिद्ध गाडी उत्पादन गर्ने कम्पनी बीएमडब्लुको माग नेपालमा पनि बढेसँगै लक्ष्मी प्रिमियम मोटर्स प्राइभेट लिमिटेड आधिकारीक बिक्रेता बनेको हो।

उनका अनुसार हाल नेपालमा एक्स वान, एक्स टु, एक्स थ्रि, एक्स फाइभ, एक्स फाइभ सिरिज र एक्स सेभेन सिरिज गरि पाँच वटा सेग्मेन्टको गाडी भित्रिएका छन्। यी गाडीको न्युनतम मूल्य करिव दुई करोडदेखि साढे पाँच करोड रुपैयाँ सम्म रहेको छ। तर, गाडीको मूल्य भने घटबढ भइरहेने तण्डुकारले बताए।

आधिकारीक बिक्रेता बनेको एक हप्ता नबित्दै कम्पनीले चारवटा सेग्मेन्टका करिब एक दर्जन बढि गाडी बिक्री गरिसकेको छ। यस्तै नेपाल भित्रिएको छोटो समयमै उक्त कम्पनीको गाडीले राम्रो बजार पाएको छ भने र माग पनि दिन प्रतिदिन बढ्दै गइरहेको कन्सल्टेन्ट तण्डुकारले बताए। ग्राहाकको सुलभताको लागि कम्पनीले ३ बर्षे सर्भिसिङ सुविधाको व्यबस्था समेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *