प्रधानमन्त्री ओलीको ‘ब्याक गियर’, अध्यादेश फिर्ता लिन तयार

डिसी नेपाल
१ पुष २०७७ १६:३१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार अकस्मात ल्याएको संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश फिर्ता लिन सहमत भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले अध्यादेश फिर्ता गर्ने सहमित भएको पुष्टि गरे।

यो सहमति भएसँगै प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा सहभागी भएको र बैठक शुर भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले ‘सबै फिर्ता’ हुने बताए। उनको भनेको ‘सबै’ नेकपा सचिवलाय हुँदै स्थायी कमिटीमा पुगेका दुई अध्यक्षका राजनीतिक प्रस्ताव, चिठी पत्र पनि हुन्।

मंगलबार अध्यादेश ल्याएपछि संवैधानिक परिषद्को बैठकसमेत बसेको थियो। तर, सो अध्यादेशको चौतर्फी आलोचना भइरहेको थियो। प्रधानमन्त्री ओलीले यसअघि गएको वैशाखमा पनि यो अध्यादेश ल्याएका थिए र विरोध भएपछि फिर्ता लिएका थिए। प्रधानमन्त्री ओली दोस्रो पटक अध्यादेश फिर्ता लिने अवस्थामा पुगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *