राष्ट्रपति भण्डारीलाई नेकपा सांसदहरुले लेखेको पत्रमा प्रधानमन्त्री ओलीको आलोचना (पत्रसहित)

डिसी नेपाल
२ पुष २०७७ ०:२१

काठमाडौं। बुधबार संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेकपाकै सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष समावेदन गर्ने प्रक्रिया अगाडि बढाए।

१२ बजेर ४८ मिनेटमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका सांसदहरुको समावेदन भने अन्तमा दर्ता भएन। साँझ ६ बजे नेकपाको बैठक सकिएपछि ८३ जनाको हस्ताक्षरसहितको पत्र लिएर शीतल निवास पुगेका नेकपा नेता भीम रावल र पम्फा भुसाल समावेदन दर्ता नगरी फर्के।

नेकपा बैठकमा सरकारले अध्यादेश फिर्ता लिने र प्रचण्ड–माधव समूहले समावेदन प्रक्रिया रोक्ने निर्णय भएपछि नेता रावल समावेदन दर्ता नगराई फर्केका हुन्। समावेदनका लागि राष्ट्रपति भण्डारीलाई लेखिएको पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको तिब्र आलोचना गरिएको पाइएको छ।

ुपत्रमा २०७४ को आम निर्वाचनपछि ओलीको नेतृत्वमा बनेको सरकारले देश र जनताका सामु रहेका चुनौतीहरुको सन्दर्भमा कुशलता साथ काम गर्ने अपेक्षा गरिएको तर त्यस्तो हुन नसकेको उल्लेख गरएको छ। यस्तै कोरोना महामारीलगायतका जनजीविकाका विषयमा संसदमा छलफल गर्नुपर्ने आवश्यकता भइरहेका बेला सरकारले हठात अध्यादेश ल्याएको भन्दै ती विषयमाथि छलफल गर्न आवश्यक भएकाले विशेष अधिवेशन बोलाउन माग गरिएको थियो।

तर, नेकपा बैठकले अध्यादेश फिर्ता लिने र समावेदन प्रक्रिया अगाडि नबढाउने निर्णय गरेकाले यो समावेदन राष्ट्रपति कार्यालयमा दर्ता भने भएन। तर, राष्ट्रपति कार्यालयका सचिव बुधबार दिनभर सम्पर्कबिहीन बनेपछि समावेदन दर्ता गराउन गएका नेताहरुले ६ घण्टासम्म कुर्नु परेको थियो। यही ६ घण्टामा प्रधानमन्त्री ओली र प्रचण्डबीच दुई बुँदे सहमित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *