बलिउडका यि हिरोइन जो सानैमा हिट भएर जवानीमा फ्लप भए , एउटीले त सुरु गरिन् वेश्यावृत्ति

डिसी नेपाल
१२ कार्तिक २०७५ १०:५४

एजेन्सी। बलिउडमा केही यस्ता कलाकार छन् जो बाल्यकालमा निकै हिट भए तर जवानीमा फ्लप सावित भए । त्यसैले पनि भनिन्छ फिल्मी दुनियामा को कहिले हिट हुन्छ र कहिले फ्लप केही भन्नै सकिन्न । आज ३ बलिउड हिरोइनको कुरा गरौं जो बाल्यकालमा निकै हिट थिए तर जवानीमा पूरै फ्लप सावित भए ।

१. हंसिका मोटवानीः ऋतिक रोशनको फिल्म ‘कोई मिल गया…’मा चाइल्ड आर्टिस्टको रुपमा काम गरेकी हंसिकालाई त्यतिबेला धेरैले मन पराएका थिए । सिनेमाघर जान हिरोइन प्रिती जिन्टालाई झुक्याउने यी चुलबुले बालिका ठूली भएपछि भने बलिउडमा काम पाउन सकिनन् । अहिले उनी साउथ फिल्ममा काम गरिरहेकी छिन् ।

२. श्वेता बसु प्रसादः फिल्म ‘मकडी’मा बालकलाकारको रुपमा अत्याधिक रुचाइएकी हिरोइन श्वेताले यो फिल्ममा चुन्नी र मुन्नीको दोहोरो भूमिका गरेकी थिइ् । यो भूमिकाको लागि उनलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसपछि टिभीमा करिअर खोज्न थालेकी उनी ठूली हुँदै जाँदा फिल्ममा काम पाउन छोडिन् । अन्ततः उनले वेश्यावृत्तिको धन्दा सुरु गरिन् । २३ वर्षको उमेरमा उनलाई वेश्यावृत्तिको आरोपमा रंगेहात पक्राउ गरिएको थियो ।

३. सना सइदः शाहरुख खान र काजोलको सुपरहिट फिल्म ‘कुछ कुछ होता है’मा शाहरुखकी छोरी अञ्जलीको भूमिका निभाउने बालकलाकार सना सइदको त्यो भूमिका अझै पनि बलिउड फ्यानहरुले सम्झिरहन्छन् । त्यो बेला मानिसहरुले उनी ठूली भएपछि स्टार हिरोइन बन्ने अनुमान गरेका थिए । तर अहिले भने न उनले कुनै फिल्ममा काम पाएकी छन् न कुनै सिरियलमा ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *