रामचन्द्र पौडेलसँग प्रचण्ड र माधव नेपालको गोप्य भेट

डिसी नेपाल
३ पुष २०७७ २०:१९

काठमाडौं। सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चर्किरहेका बेला नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गोप्य भेट गरेका छन्।

नेकपामा आन्तरिक विवाद चर्किएको र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको काँग्रेस सभापति शेरबहादुर देउवासँग हिचमिच रहेको चर्चा भइरहेका बेला प्रचण्ड र नेपालले नेता पौडेललाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

यो भेटमा प्रचण्ड–माधवले प्रधानमन्त्री ओलीले चाल्न सक्ने कदममा काँग्रेसले के गर्छ ? भन्ने जिज्ञासा राखेको बताइएको छ। र प्रचण्ड र माधवले सभापति देउवाको भूमिकासमेत शंकास्पद रहेको भन्दै उनीमाथि नियन्त्रण गर्न पौडेलसँग आग्रह गरेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *