टेम्पो चलाउँदै स्वस्तिमा खड्का !
काठमाडौं। निर्माता सुनील रावलले निर्माण गरेको चलचित्र ‘होस्टेल रिटर्न’ मार्फत चलचित्र नगरिमा एउटा नया नायिकाको नाम थपियो स्वस्तिमा खड्का। त्यसपछि चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतबाट एकाएक चर्चामा आएकी उनले हाल एकपछि अर्को चलचित्र पाइरहेकी छिन्। उनले अभिनय गरेको चलचित्र ‘जय भोले’ अहिले प्रदर्शनमा छ।
त्यस्तै उनको विशेष भूमिका रहेको चलचित्र ‘छक्का पञ्जा ३’ पनि अहिले प्रदर्शनरत छ । जसले नेपालको इतिहासकै सबैभन्दा धेरै व्यापार गर्नसमेत सफल भएको छ । पछिल्लो एकपछि अर्को चलचित्रको सुटिङमा व्यस्त उनले भर्खरै मात्र ‘बुलबुल’ चलचित्रको सुटिङ सक्काएकी छिन्। अहिले उनी चलचित्र ‘दाल भात तरकारी’ को छायांकनको तयारीका रहेकी छिन् भने अर्को चलचित्र ‘हजार जुनी सम्म’मा पनि अनुबन्ध भइसकेकी छिन् ।
स्वस्तिमाले भर्खरै मात्र छायांकन सकेको चलचित्र ‘बुलबुल’मा उनी अन्य चलचित्र भन्दा फरक भूमिकामा देखिदै छिन् । चलचित्रमा उनी एउटा महिला टेम्पो चालकको भूमिकामा देखिदैछिन् । यस चलचित्रले टेम्पो चालक महिलाको दैनिकीलाई चलचित्रमा उतारेको छ । चलचित्रमा स्वस्तिमा ‘रणकला’ नाम गरेकी महिलाको भूमिका निर्वाह गरेकी छिन् ।
उनले यस भूमिकाको लागि झन्डै डेढ महिना लगाएर टेम्पो चलाउन सिकेकी थिइन् । यसै चलचित्रबाट बिनोद पौडेलले चलचित्र निर्देशनमा डेब्यु गर्दै छन् । चलचित्र प्रेम दिवसको अवसरमा देशभर एकसाथ प्रदर्शमा आउने बताइएको छ । यसै चलचित्रको ‘खुद्राखुद्री’ बोलको गीत कात्तिक १५ गते रिलिजको तयारिमा छ । यस गीतमा स्वस्तिमाका श्रीमान निश्चल बस्नेत र रजिना रिमालले स्वर दिएका छन् ।
चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दिपक क्षेत्रीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् भने रुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडलले लगानी गरेका छन् ।
Facebook Comment