काँग्रेस र जसपाबीच दुई बुँदे सहमित, सरकारविरुद्ध मिलेर संघर्ष गरिने

डिसी नेपाल
४ पुष २०७७ १८:२६

काठमाडौं। दुई विपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच दुई बुँदे सहमित भएको छ। शनिबार काँग्रेस सभापति निवास बुढानिलकण्ठमा दुई पार्टीबीच भएको छलफलपछि दुई बुँदे सहमति भएको हो।

स्रोतका अनुसार कााग्रेस र जसपाबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ।

छलफलमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु थिए भने जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र महतो सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *