लगातार चम्केका एम्बाप्पे
एजेन्सी । साबिकको विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वन फुटबलमा लगातार ११ औं जित निकालेको छ । आइतबार राति भएको खेलमा ओलम्पिक मार्सेलीलाई २-० ले हराएर पिएसजीले लगातार जित निकालेको हो ।
लिगमा अपराजित यात्रा कायम राख्न पिएसजीले मार्सेलीलाई उसैको मैदानमा हराएको हो। पिएसजीका लागि केलियन एमबाप्पे र जुलियन ड्राक्सलरले एक एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा ड्राक्सलरले गोल गर्दै पिएसजीलाई २-० को जित दिलाए।
जितसंगै लिग लिडर पिएसजीले ११ खेलबाट ३३ अंक जोडेको छ। पिएसजी दोस्रो स्थानको लिलीभन्दा ८ अंकले अघि छ। पराजित मार्सेली १९ अंक जोडेर पाँचौ स्थानमा छ।
प्रतिक्रिया
Facebook Comment