आम निर्वाचन बैशाख २३ गते गर्ने प्रधानमन्त्रीको सिफारिस

डिसी नेपाल
५ पुष २०७७ १२:५३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आम निर्वाचन बैशाख २३ गतेका लागि सिफारिस गरेका छन् । संसद विघटन गर्नको लागि मन्त्रिपरिषदको सिफारिस लिएर शितल निवास पुगेका प्रधानमन्त्रीले बैशाख २३ गते निर्वाचन प्रस्ताव गरेका हुन् । मन्त्रिपरिषदको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न भने बाँकी छ ।

प्रधानमन्त्री ओली भने राष्ट्रपतिलाई सिफारिस बुझाएर केहीबेर छलफल गरी शितलनिवासबाट बाहिरिइसकेका छन् । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसका विषयमा आउन सक्ने सम्भावित संवैधानिक जटिलताका विषयमा कानुनी विज्ञसँग छलफल गर्नको लागि केही समय लिएको हुन सक्ने अनुमान गरिएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *