संसद विगठन बारे नेकपाका प्रवक्ताले भने, ‘यो प्रतिगामी कदम हो’

डिसी नेपाल
५ पुष २०७७ १२:३०

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठनको लागि गरेको सिफारिस प्रतिगामी कदम भएको बताएका छन्।

सामाजिक संजाल ट्वीटरमा आफ्नो धारणा राख्दै प्रवक्ता श्रेष्ठले यस्तो परिवर्तन विरोधी कदमको विरोधमा सम्पूर्ण परिवर्तनका पक्षधर शक्तिहरु एकजुट हुनु पर्ने बताएका छन्।

उनले भनेका छन्, ‘आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले सँघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको सिफारिश गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो।यो लागु हुन सक्दैन।यसको बिरुध्द सँघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *