सरकारी निवासमा बसेर के गर्दैछन् गृहमन्त्री बादल?

डिसी नेपाल
५ पुष २०७७ १३:०४

काठमाडौं। आफ्ना क्याबिनेटका मन्त्रीहरुलाई पूर्व जानकारी नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान एकाएक संसद विघटनको सिफारिस गरेपछि मुलुकको राजनीति अन्योलग्रस्त भएको छ।

आफूलाई पूर्व जानकारी नै नदिइ प्रधानमन्त्रीले हठात् संसद विघटनको सिफारिस गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले आफू निकट नेताहरुसँग छलफल गरेका छन्।

मन्त्रिपरिषदबाट फर्किए लगत्तै गृहमन्त्री बादलले तीनवटै सुरक्षा निकायका प्रमुखसँग टेलिफोन गरी अलर्ट अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री निकट स्रोतले जनाएको छ।

संसद विघटनको पक्ष र विपक्षमा हुने समर्थन र विरोधप्रति सचेत रहन गृहमन्त्रीले सुरक्षा निकायमा प्रमुखलाई निर्देशन दिएका छन्।
त्यसलगत्तै गृहमन्त्री बादलले आफू निकट स्थायी कमिटी सदस्यहरु हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, पम्फा भुसाल तथा देव गुरुङ र राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुसँग छलफल गरिरहेका छन्। गृहमन्त्री बादलले संसद विघटनका विषयमा  औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *