७ जना मन्त्रीहरुको सामूहिक राजीनामा, पूर्व एमालेको राजीनामा पूर्वमाओवादीले दिएनन्

डिसी नेपाल
५ पुष २०७७ १६:३६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि असहमत मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । मन्त्रीहरुले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

मन्त्रीहरु वर्षमान पुन, गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, योगेश भट्टराई, शक्ति बस्नेत, रामेश्वर राय यादव र बिना मगरले राजीनामा दिएका हुन् । पूर्व एमाले योगेश भट्टराई र घनश्याम भुसालले राजीनामा दिँदा पूर्व माओवादीका रामबदुर थापा बादर र लेखराज भट्टले भने राजीनामा दिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *