कोरोनाको प्रभावले अन्नपूर्ण होटेल बन्द

डिसी नेपाल
६ पुष २०७७ ११:४४

काठमाडौं । होटल संघ नेपालकी अध्यक्ष समेत रहेकी सिर्जना राणाको स्वामित्वमा रहेको काठमाडौंको दरबारमार्गस्थितको पाँचतारे होटल डेल अन्नपूर्ण बन्द भएको छ। कोभिड–१९ का कारण तत्काल व्यापार व्यवसायमा सुधार हुने अवस्था नदेखेपछि होटल व्यवस्थापन पक्षले होटल बन्द गर्ने निर्णय गरेको हो।

दरबारमार्गमा रहेको ५५ वर्ष पुरानो ४० रोपनी क्षेत्रफलमा फैलिएका होटलमा ३६० जना कर्मचारी कार्यरत थिए। होटेलमा नेपाल ट्रस्टको पनि ५ प्रतिशत लगानी छ।

होटेल बन्द गर्नु परेको कारणबारे सिर्जना राणाले भनिन्, “हालको अवस्थामा आम्दानीभन्दा खर्च बढेर गएको छ, त्यसैले सामान्य समय हुने अवस्था पनि अनिश्चित देखकाले होटल बन्द गर्ने निर्णयमा पुगेका हौं। होटल पनि पुरानो भयो यसलाई नयाँ स्वरुपमा आउनु पनि जरुरी रहेको देखेको छु ।,”

होटल क्षेत्रमा कोभिड १९ को प्रभावसँगै पर्यटक आगमन कम भएपछि होटेलले कर्मचारीलाई न्यूनतम तलबमात्र दिँदै आएको थियो। राणाकाअनुसार कानुनअनुसार कर्मचारीले पाउनुपर्ने सेवा सुविधासहित बिदाइ गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *