सुनबजारमा उछाल कायमै, तोलाको ९ सय बढ्यो सुन
काठमाडौं । साताको कारोबारोको दोस्रो दिन सोमबार सुन चाँधीको मूल्य ह्वात्तै बढेको छ। साताको पहिलो दिन आइतबार कायम गरिएको मूल्यभन्दा सोमबार छापावाला सुन प्रतितोला ९ सय बढेको हो।
आइतबार तोलको ९४ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य सोमबार ९५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ।
सोमबार चाँधीको मूल्य प्रतितोला एक हजार तीन सय २० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो साता सुनको मूल्य तोलामा १८ सय रुपैयाँ बढेको थियो।
प्रतिक्रिया
Facebook Comment