आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बाध्य भएर संसद विघटन गर्नुप-याे प्रधानमन्त्री

डिसी नेपाल
६ पुष २०७७ १३:१२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रबाट आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएपछि बाध्य भएर संसद विघटन गर्नु परेको बताएका छन्।

सोमबार विहान विघटित प्रतिनिधिसभामा सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफू विरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपति विरुद्ध महाभियोग लगाउने तयारी भएपछि बाध्य भएर संसद विघटन गर्नु परेको बताएका हुन्।

सरकारलाई काम गर्न नदिएको, पार्टी एकताको काम तीन महिनाभित्र सक्ने सहमति भएपछि अहिलेसम्म नसकिएको उल्लेख गर्दैै प्रधानमन्त्री ओलीले चुनावमा ध्यान केन्द्रित गर्न आग्रह गरेको बैठकमा सहभागी नेकपा नेतृ निरु पालले जानकारी दिइन्।

बैठकमा प्रधानमन्त्री ओलीले आफूले राष्ट्रिय एकताका पक्षमा लिएको अडान र संसदबाट कालापानी, लिपुलेक र लिम्पियाधुरासमेटेको नयाँ नक्सा जारी गरेपछि अहिलेको संटक उत्पन्न भएको उल्लेख गरेका थिए।

‘अहिले पार्टीभित्र रहेका तीन जना पूर्व प्रधानमन्त्रीले भारतसँग के–के विषयमा छलफल गर्नु भयो?,’ बैठकमा ओलीले भने, ‘म पहिलो पटक प्रधानमन्त्री हुँदा पाँच महिनासम्म भारतीय नाकाबन्दी विरुद्ध लडेँ, चीनसँग पारवहन सन्धि गरेँ। अहिले नयाँ भूमि समेटेर नयाँ नक्सा जारी गर्ने काम भयो।’

प्रधानमन्त्रीले आफूले लिएको सुखी नेपाली, समृद्ध नेपालको अभिभार पूरा गर्न असहयोग भएको र अझै पनि आफू आफ्नो उद्देश्य पूरा गर्न दृढ संकल्पित रहेको भन्दै आफूले गरेका कामलाई लिएर जनतामा जान सुझाव दिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *