विश्व बैंकसँग करिब ९ अर्ब ५० करोड वित्तिय सहयोग सम्झौता
काठमाडौं। नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि ९ अर्ब ५० करोड रुपैयाँ बराबरका वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच करिब (८ करोड अमेरिकी डलर) ९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयोजनामा हस्ताक्षर भएको अर्थमन्त्रालयले जनाएको छ।
सम्झौता पछि कोभिड महामारीले पारेको आर्थिक अवस्थालाई पुर्नजिवन अभिवृद्धि गर्ने विश्वासका साथ ग्रामिण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशिलताको प्रवर्द्धन हुने अपेक्षा लक्ष राखिएको छ।
आयोजनाले उच्च मूल्यका आन्तरिक र अन्तर्राष्ट्रिय बजार मूल्य श्रृंखलाको विकास गर्दै बजार श्रृंखलामा दिर्घकालिन समावेशिकरणलाई बढाउने विश्वास पनि गरिएको छ । यो आयोजना प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन हुनेछ ।
Facebook Comment