संसद् विघटन गर्ने निर्णयलाई नेकपाका ११४ सांसदको चुनौती

डिसी नेपाल
६ पुष २०७७ १८:०४

काठमाडौं। आइतबार सरकारले संसद् विघटन गरेकोमा सो निर्णयलाई अस्वीकार गर्दै सत्तारुढ दल नेकपाकै ११४ जना सांसदले चुनौती दिएका छन्। सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा भेला भएका विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले संसद् विघटन असंवैधानिक भएको भन्दै सो निर्णय अस्वीकार गर्ने निष्कर्ष निकालेका हुन्।

निवर्तमान प्रतिनिधिसभा सांसद कल्याणी खड्काले संसद् विघटन असंवैधानिक भएको निष्कर्षका साथ सो कदम अस्वीकार गर्ने निष्कर्ष निकालिएको जानकारी दिइन्। उनले संसद् विघटनविरुद्ध सडकमा जाने निर्णयसमेत भएको बताइन्। उनका अनुसार भेलाले बुधबार संसदीय दलको बैठक बोलाउनेसमेत निर्णय गरेको छ।

सत्तारुढ दल नेकपामा आन्तरिक विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका थिए। उनको यो कदमको सवत्र विरोध भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *