भारतमा १ करोड बढीमा कोरोना पुष्टि, विश्वभर संक्रमितको संख्या ७ करोड ७६ लाख
काठमाडौं। भारतमा पनि १ करोड बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। यस अघिसम्म अमेरिकामा मात्र १ करोड बढी कोरोनाका संक्रमितहरु रहेका थिए। अब करोड बढी संक्रमित रहेका देशको संख्या २ पुगेको छ।
वल्र्डोमिटरको तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म १ करोड ८४ लाख ५७ हजार ५ सय ३ जनामा कोरोना पुष्टि भइसकेको छ। भने भारतमा १ करोड ७५ हजार ४ सय २२ जना कोरोनाका संक्रमितहरु रहेका छन्। विश्वका शक्तिराष्ट्रको रुपमा चिनिएका भारत र अमेरिका कोरोनाको पनि निकै ठूलो चपेटामा परेका छन्।
हालसम्म ३ लाख २६ हजार ६ सय ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएको अमेरिकामा गत २४ घण्टामा मात्र १७ सय बढीको मृत्यु भएको छ। १ लाख ८३ हजार ८ सय ९६ जना संक्रमित २४ घण्टामा थपिएको अमेरिकामा १ लाख ७४ हजार १ सय २४ जना कोरोना निको भएर डिस्चार्ज पनि भएका छन्।
भारतमा गत २४ घण्टामा थप १९ हजार १ सय ७४ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म् १ लाख ४६ हजार १ सय ४५ जनाको कोरोनाका कारण ज्यान गएको भारतमा गत २४ घण्टामा ३ सयको मृत्यु भएको छ। ३० हजार बढी कोरोनाका संक्रमित गत २४ घण्टामा निको भए भने २ लाख ९३ हजार ६ सय ६३ सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा युकेमा ३३ हजार बढी कोरोनाका संक्रमितहरु थिपएका छन्। यस्तै, रसियामा २९ हजार, ब्राजिलमा २५ हजार, जर्मनी र टर्कीमा १९ हजार, नेदरल्याण्डमा ११ हजार, इटाली, कोलोम्बीया र स्वीजरल्याण्डमा १० हजार, दक्षिण अफ्रिकामा ८ हजार, क्यानडा र स्पेनमा ७ हजार, इण्डोनेसिया, युक्रेन र इरानमा ६ हजार, अर्जेन्टीना र फ्रान्समा ५ हजार र पोल्याण्डमा ४ हजार बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन्।
हालसम्म विश्वभरमा ७ करोड ७६ लाख ८९ हजार ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ करोड ४५ लाख ७० हजार १ सय ७३ जनाले कोरोना संक्रमण जितेका छन् भने १७ लाख ८ हजार २ सय ५१ जनाको कोरोनाका कारण ज्यान समेत गएको छ।
Facebook Comment