बामदेव र बादलले दिए प्रधानमन्त्री ओलीलाई ‘धोका’ !

डिसी नेपाल
७ पुष २०७७ ११:५८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेलगत्तै उनीसँग असन्तुष्ट ७ जना मन्त्रीले राजीनामा दिए । तर, पूर्वमाओवादीकै भएर पनि गृहमन्त्री रामबहादुर थापा बादलले राजीनामा दिएनन् । जबकि पूर्वएमालेका २ जना मन्त्रीले राजीनामा दिएका थिए । अघिल्लो दिन प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कित्ता क्लियर गर्न भनेको भोलिपल्टै बादलले कित्ता क्लियर गरिदिएका थिए ।

बादलसँगै पूर्वमाओवादीतर्फका उद्योगमन्त्री लेखराज भट्टले पनि राजीनामा दिएका थिएनन् । पार्टी उपाध्यक्ष बामदेव गौतम पनि त्यो समयमा प्रधानमन्त्री ओलीकै पक्षमा देखिएका थिए । र, मंगलबार अचानक गृहमन्त्री बादल र उपाध्यक्ष गौतम रहस्यमय रुपमा प्रधानमन्त्रीले बोलाएको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित रहे । प्रधानमन्त्री तथा अध्यक्ष ओली समूह र प्रचण्ड समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएपछि यी दुई नेता ओली समूहको बैठकमा उपस्थित हुने अनुमान गरिएको थियो ।

अचानक बालुवाटारमा आयोजिक केन्द्रीय कमिटी बैठकमा बादल र गौतम अनुपस्थित देखिएपछि उनीहरुले प्रधानमन्त्री ओलीलाई धोका दिएको हुन सक्ने शंका गरिएको छ । अर्कोतर्फ प्रचण्ड समूहले बोलाएको बैठक सुरु नै नभएकोले यी दुई नेता त्यताको बैठकमा उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने प्रस्ट छैन । यदि यी दुई नेता प्रचण्डपक्षको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएमा धोकाको आशंका बलियो हुनेछ । यदि उता उपस्थित भएनन् भने उनीहरु अनुपस्थिगत नहुनुको कुनै अर्कै कारण रहेको हुन सक्ने पनि देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *