कुनै पनि गुटमा नलाग्ने बामदेव र बादलबीच सहमति

डिसी नेपाल
७ पुष २०७७ १५:४९

काठमाडौं। पार्टीको कुनै पनि गुटमा सहभागी नभएका नेकपा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्रीसमेत रहेका सचिवलाय सदस्य रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ। गौतम निवास भैंसेपाटीमा भएको छलफलमा पार्टी एकताका पक्षमा लाग्ने र तत्काल कुनै पनि गुटमा सहभागी नहुने निर्णय भएको छ।

गौतमलाई भेट्न गृहमन्त्री थापा पौने दुई बजे गौतम निवास पुगेका थिए। उनी दुई बजेर २० मिनेटमा बाहिरिएका थिए। दुवै नेतालाई आफ्नो पक्षमा पार्न प्रचण्ड–माधव नेपाल समूह सक्रिय भएपनि उनीहरुले आफूहरु पार्टी एकताको पक्षमा लाग्ने र कुनै पनि गुटमा सहभागी नहुने अडान राख्दै आएका छन्।

गौतमलाई भेट्न मंगलबार विहान माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भैैंसेपाटी पुगेका थिए भने बादललाई भेट्न प्रचण्ड मन्त्री क्वार्टर पुल्चोक पुगेका थिए। तर गौतम र बादललाई फकाउने उनीहरुको प्रयास असफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *